पोपले दिए मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 04:50:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्याटिकन सिटीमा आज आयोजित एक बिशेष समारोहमा मदर टेरेसालाई मरणोपरान्त सन्तको उपाधि प्रदान गरिएको छ। क्याथोलिक ईसाईहरुका धर्म गुरु पोप फ्रान्सिसले टेरेसालाई उपाधि प्रदान गरेका हुन्। सन्त घोषणा गर्ने प्रक्रियालाई ‘कांग्रेगेशन’ भनिन्छ ।  मदर टेरेसालाई संत घोषणा गर्ने प्रक्रिया २० बर्ष अघि देखि चल्दै आएको हो । नोबेल पुरस्कार विजेता समेत रहेकी मदर टेरेसाले  'मिशिनरी अफ च्यारिटी' संस्था स्थापना गरेकी थिइन्  ।  

सन्तको उपाधि पाउनको लागि कम्तिमा दुईवटा चमत्कार गर्नुपर्ने हुन्छ । मदर टेरेसाले यी दुई चम्त्कार गरेकी थिइन् । सन् २००२ मा मदर टेरेसाको पार्थना गरेपछि एक भारतीय महिलाको मोनिका बेसराको पेटको ट्यूमर चमत्कारिक ढंगले ठीक भएको थियो भने २००८ मा ब्राजिलकी एक महिलाको ब्रेन ट्युमर पनि ठीक भएको थियो ।

 मदर टेरेसाको  जन्म २६ अगस्ट १९१० मा अल्बेनियामा भएको थियो  १९२८ मा उनी नन बनेकी थिइन्। त्यस पछि उनलाई  सिस्टर टेरेसा भनेर बोलाउंथे। उनको ५ सेप्टेम्बर १९९७ मा निधन भएको थियो ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved