यी हुन् राजालाई भेट्न साइकल चढेर दरबार जाने प्रधानमन्त्री, तस्विर भाईरल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 11:20:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतया प्रधानमन्त्रीहरु विभिन्न तहको सुरक्षा घेरा भित्र हुन्छन् । उनीहरुको सुरक्षाको लागि अगुवा , पछुवा, सहितका आधुनिक कारहरुको ब्यबस्था गरिएको हुन्छ । अनि राष्ट्रप्रमुखलाई भेट्न जाँदा त् उच्च सुरक्षा सहित नजाने कुरै भएन । 

तर अहिले सामाजिक संजालमा यस्तो तस्विर भाईरल भएको छ जसले सबै चकित भएका छन् । तस्विर हो नेदरल्याण्डका प्रधानमन्त्रीका मार्क रुटको । प्रधानमन्त्री रुट राष्ट्रप्रमुख अर्थात् राजालाई भेट्न दर्बार पुगेका थिए ।  तर उनी संग न त् कोहि अगुवा, पछुवा थिए, न त् कोहि सुरक्षा गार्ड र गाडी नै । उनी आफै  साइकल चलाएर दर्बार पुगे । त्यहाँको पार्किंगमा आफ्नो साइकल लक गरे । राजालाई नयाँ सरकार गठनको बार जानकारी गराए र आफैले साइकल चलाएर फर्किए । 


संयुक्त राष्ट्र संघका लागि नेदरल्याण्डका आवासीय प्रतिनिधि कारेल भ्यानले उक्त तस्विर सामाजिक संजालमा शेयर गरेका हुन् जुन अहिले बिश्व भर भाइरल भएको छ ।

 

उनी साइकलका पारखी समेत हुन् । बुलेट प्रुफ कारहरु भन्दा उनी साइकल नै मन पराउछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेदरल्याण्ड भ्रमणमा गएका बेला समेत उनले मोदीलै साइकल उपहार दिएका थिए । 

प्रधानमन्त्री रुटले आफ्नो प्राथमिकता बातावरण मैत्री देश बनाउने भएको बताएका छन्  । र उनले सपथ लिनु अघि साइकल प्रयोग गरेर आफ्नो प्राथमिकता बातावरण मैत्री देश बनाउने भएको संदेश देशवासीलाई दिएका छन् । देशमा बढ्दो प्रदुषणलाई नियन्त्रण गर्नको लागि नै त्यहाँ नयाँ सरकार गठन हुन् लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved