पोर्चुगलको आगलागीमा३१ जनाको मृत्यु हजारौ अग्नि नियन्त्रक परिचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 06:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलको जंगलमा भएको आगलागीमा परि कम्तिमा पनि ३१ जनाको ज्यान गएको छ । आगलागी  दुई छुट्टाछुट्टै स्थानका जंगलमा भएको जनाइएको छ । पोर्चुगलको उत्तरी सीमा क्षेत्रमा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी फैलिएको हो ।

यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । यसले गर्दा कम्तिमा ३१ जनाको ज्यानगएको तथा धेरै मानिस घाइते भएको पोर्चुगलको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । गर्मी मौसम रहेकाले गर्दा आगलागी तीब्र गतिमा फैलिएको हो ।  अहिले आगो नियन्त्रणमा लिनका लागि हजारौं अग्नि नियन्त्रक खटिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved