क्याटलोनियाको संसदद्वारा स्पेनबाट स्वतन्त्र हुने घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 06:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

क्याटालान क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको छ। स्पेन सरकारले क्याटालोनियामा प्रत्यक्ष शासन लागु गर्ने तयारी गरिरहदा क्याटालन संसदमा आज भएको मतदानमा बहुमतले स्वतन्त्र हुने पक्षमा मत दिएका छन। 

८० जना मध्ये ७० जना सांसदले स्पेनबाट स्वतन्त्र हुने पक्षमा मतदान गरे भने बिपक्षी १० जना सांसदले मतदान बहिष्कार गरेका छन। यस अघि स्पेनी प्रधानमन्त्री मारियानो रजोयले संसदमा क्याटालोनियामा कानुन र प्रजातन्त्रको रक्षा तथा स्थिरता कायमा राख्न प्रत्यक्ष शासन लागु गर्नुपर्ने बताएका थिए।

क्याटालान सरकारले जनमतसंग्रहमा मतदान गरेका सक्रिय ४३ प्रतिशत मतदाता मध्ये ९० प्रतिशत बढीले स्पेनबाट अलग हुने पक्षमा मत दिएको  बिबिसीले जनाएको छ। तर स्पेनको संबैधानिक अदालतले उक्त मतलाई अबैध घोषणा गरेको थियो।  

क्याटालोनियामा अक्टोबर पहिलो साता भएको जनमतसंग्रहमा स्वतन्त्र हुने पक्षमा बहुमत आएपछि स्पेनमा राजनीतिक संकट छाएको छ ।

 


  

    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved