सोमालियामा शक्तिशाली बम विस्फोटन, २३ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 06:16:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट भएका छन । बम विस्फोटनमा  हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । 

मोगादिशुमा रहेको एक होटलमा कार बम विस्फोटन गराउनुका साथै

बिद्रोहीले थप आक्रमण गरेका थिए । यस्तै पुरानो संसद भवन नजिक दोस्रो विस्फोट भएको हो । दुवै विस्फोटमा गरी कम्तिमा २३जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इस्लामिक बिद्रोही संगठन अल–शबाबले विस्फोटको जिम्मेवारी लिएको छ ।

दुई हप्ताअघिमात्र तीन सय ५० जनाको ज्यान जाने गरी विस्फोटन भएको थियो । त्यसको दुइहप्ता नवित्दै फेरि मोगादिशुमा विस्फोट भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved