अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयास असफल, सेनामा तेस्रो लिंगीलाई प्रतिबन्ध हट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 06:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोलाण्ड ट्रमको सेनामा तेश्रो लिंगीलाई प्रवेश रोक लगाउने नीति असफल भएको छ । एक संघीय अदालतले अमेरिकी सेनामा तेस्रो लिंगी समुदायले काम गर्न नपाउने गरी लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन गर्न नपाउने गरी रोक लगाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध निर्णय गरेका थिए । तर अदालतले उक्त निर्णय कार्यन्वयन नगर्न आदेश दिएपछि असफल भएको हो । 

जिल्ला न्यायाधीश कोलिन कोल्लार–कोटेलीले ट्रम्पले प्रेसिडेन्सियल मेमो मार्फत सेनामा तेस्रो लिंगीमाथि प्रतिबन्ध लगाउने गरी ल्याएको नियम कार्यान्वयन तत्कालका लागि रोक लगाउने सैफला सुनाएको हो  ।

ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगीले सेनामा रहेर काम गर्न पाउने गरी ल्याएको नियमको प्रतिस्थापनका लागि प्रेसिडेन्सियल मेमो जारी गरेका थिए ।  त्यस विरुद्ध गएको अगस्टमा अदालतमा मुद्दा दायर भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved