डीभी' प्रणाली रद्द गर्न ट्रम्पको आह्वान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 06:38:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार न्यूयोर्क शहरमा आठजनाको ज्यान जानेगरी भएको हमलापछि अमेरिकी प्रवेशाज्ञा कार्यक्रमको केही अंशमा परिवर्तन गर्न आह्वान गरेका छन्।

ट्वीटरमा सन्देश लेख्दै उनले अमेरिका प्रवेश गर्ने विभिन्न उपाय मध्येको एक, चिट्ठा माफर्त प्रवेशाज्ञा प्राप्त गर्ने प्रकृयाको बदला आवेदकको सिप र दक्षताको आधारमा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनु पर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने "डाइभरसीटी भिसा (डीभी)" प्रणाली रद्द गर्न आह्वान गरेका छन्।ग्रीन कार्ड लटरी भनिने उक्त कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति दिने गरिएको छ।

त्यही प्रणाली मार्फत नै न्यूयोर्कमा भएको हमलाका संदिग्ध आक्रमणकारी अमेरिका प्रवेश गरेको उनको भनाई थियो।

दक्षता

सामाजिक संजालको वेबसाइट ट्वीटरमा विभिन्न सन्देशहरु लेख्दै राष्ट्रपति ट्रम्पले उक्त आप्रवसन कार्यक्रमको बदलामा दक्षतामा आधारित नयां प्रणाली लागु हुनु पर्ने बताएका छन्।

तर अधिकारीहरुले मंगलबारको हमलाका ति संदिग्ध हमलाकारी सेफुलो साइपोभ कसरी अमेरिका प्रवेश गरेका थिए भन्ने विषयमा स्पष्ट पारेका छैनन्।राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्ने विदेशीहरुमाथिको छानविनलाई अझ बढाउन होमल्याण्ड सेक्युरीटी मन्त्रालयलाई निर्देशन दिने पनि बताएका छन्।

उज्बेकिस्तानबाट आएका आप्रवासी सेफुलो साइपोभले तीव्र गतिमा ट्रक चलाइ साइकल चालक र पैदलयात्रुहरुलाई किचेको बताइएको छ।सो हमलामा कम्तीमा आठ जानको ज्यान जानुका साथै एघार जना घाइते भएका थिए। बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved