डोनाल्ड ट्रंप जापानमा , कुनैपनि तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने जिकिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 11:02:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन्। टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरे। उनले आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले आवश्यक स्रोतसाधन पाइरहने बताए। आफ्नो स्वतन्त्रताको रक्षा गर्ने विषयमा अमेरिका कहिल्यै कमजोर नहुने भएकोले कुनै पनि मुलुक वा तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने ट्रम्पले जिकिर गरे।

जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन्। गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ। उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन्। आफ्नो भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ।

जापानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेट हुन सक्ने बताए। उनले भने, "मेरो विचारमा पुटिनसँग हाम्रो भेट हुनसक्छ। उत्तर कोरियाली मुद्दामा हामी पुटिनको सहयोग चाहन्छौँ।" ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ। भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठकमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन्। त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण-पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved