साउदीमा नेपालबाट उच्च सम्मान पाएका राजकुमार सहित कैयौ मन्त्री पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 11:30:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबले त्यहाँका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरुलाई गिरफ्तार गरेको छ। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्त्वमा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले उनीहरुलाई पक्राउ गरेको गरेको हो। 

राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केहि घण्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अरबपति राजकुमार अलवलिद बिन तलाल समेत रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले खुलासा गरेका छन। तर साउदी सरकारले नियन्त्रणमा लीएकाहरु नाम भने सार्वजनिक गरिसकेको छैन।

अर्बपति राजकुमार गिरफ्तारको समाचारले बिश्वभर हङ्गामा मच्चिएको छ। बिश्वका धनिहरुको सुचिमा पर्ने अलवलिदको लगानी न्युज कृप, सिटिग्रुप, ट्वीटर लगायतका बिश्व चर्चित कम्पनीमा छ। चुनावी दौडमा उनि डोनाल्ड ट्रंपको बिरोधमा खरो उत्रिएपनि ट्रंप राष्ट्रपति भईसकेपछि यी दुईबीचको सम्बन्धमा सुधार आएको छ। जस कारण अलवलिदले अमेरिकाको विभिन्न कम्पनीहरुमा करोडौं लगानी बढाएका छन्।

अलवलिद केहि समय अगाडी नेपाल भ्रमणमा समेत आएका थिए। तत्कालीन सरकारले नेपाल भ्रमणका दौरान उनलार्इ महाउज्वल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो ।  

बर्खास्त 

सरकारी समाचार एजेन्सी एसपीएले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल–सुल्तानलाई साउदी राजा सलमानले बर्खास्त गरेको जनाएको छ । उनीहरुलाई बर्खास्त गरिनुको कारण भने अाधिकारिक रुपमा खुलाइएको छैन ।

त्यस्तै राजकुमार मितेब बीन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ। उनलाई हटाउनुको औपचारिक कारण खुलाइएको छैन।राजकुमार मितेब दिवंगत राजा अब्दुल्लाहका छोरा हुन् र उनलाई कुनैबेला राजगद्दीको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो। उनी साउदी सरकारमा अब्दुल्लाह परिवारका सबभन्दा माथिल्लो पदमा रहेका अन्तिम व्यक्ति थिए।

साउदी राजा सलमानले आफ्ना क्राउन प्रिन्सलाई अधिकार दिए लगत्तै प्रिन्स मोहम्मद आक्रामक देखिएका छन। ३२ बर्षिय राजकुमार मोहम्म्द बिन सलमानको नेतृत्त्वमा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायलाई पक्राउ पुर्जी जारी गर्न, यात्रा प्रतिबन्ध लगाउन, शंकास्पद सम्पति रोक्का गर्न सक्ने लगायतको अधिकार दिइएको छ।  सुधार कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले आफ्नो शक्ति बढाउँदै लगेका छन्। 

राजकुमार मोहम्मदले हालै साउदी अरेबियालाई आधुनिकीकरणतर्फ लग्न "मध्यमार्गी इस्लाम" ल्याउनुपर्ने बताएका थिए।रियादमा एउटा आर्थिक सम्मेलनमा बोल्दै मोहम्मदले "अतिवादका अवयवहरु सबै निर्मूल पार्ने" प्रतिबद्धता व्यक्त गरेका थिए। गत वर्ष उनले सामाजिक र आर्थिक परिवर्तनका लागि बृहत् योजना सार्वजनिक गरेका थिए।

युवराज मोहम्मदले आफ्नो कार्य क्षेत्र र शक्ति बढाउंदै गर्दा साउदी दुई कित्तामा बाँडिएको छ। उनको समर्थकहरुले मोहम्मदको भ्रस्टाचार बिरुद्दको अभियान र साउदीलाई आर्थिकरुपमा समृद्ध बनाउन अघि सारेको योजनालाई सम्मान गर्दै साथ दिएका छन। भने उनका आलोचकहरुले सबै शक्ति आफ्नो हातमा लिन लागेको आरोप लगाएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved