अमेरिकामा फेरी गोलि चल्यो, बालबालिका सहित २६ जनाको मृत्यु, कयौं घाइते

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 07:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राज्य टेक्ससका गर्भनरले सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २६ जनाको ज्यान लिने गरी भएको हत्याकाण्डलाई राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन्।

सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ। सदरल्याण्ड स्प्रिङ्ग्सस्थित फ्रस्ट बाप्टिस्ट गिर्जाघरमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ। त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए।

उपस्थिति

एकजना प्रत्यक्षदर्शीले लगातार २० राउण्ड गोली चलाइएको बताएका छन्। ज्यान गुमाउनेमा बालबालिका पनि छन् र उक्त गिर्जाघरका पास्टरकी १४ वर्षीया छोरीको पनि मृत्यु भएको छ। करिब २० जना घाइते भएका छन् र त्यसमध्ये कतिपयलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

टेक्ससका गभर्नर ग्रेग एबटले भने, "राज्यका रुपमा हामी अहिले हाम्रो इतिहासकै सबैभन्दा खराब गोलीकाण्डसँग जुझिरहेका छौँ, अझ खराब कुरा प्रार्थना गर्न जाने गिर्जाघरमा यस्तो घटना भएको छ, निर्दोष मानिसहरुको हत्या गरिएको छ र हामी शोकाकुल छौँ

सन्दिग्ध

प्रहरीले सन्दिग्ध हमलाकारी तीव्र गतिमा कार चलाएर भागेको र नजिकैको काउन्टीमा उनलाई प्रहरीले घेरा हालेको उल्लेख गरेका छन्। सन्दिग्ध हमलाकारीको पनि मृत्यु भएको जनाइएको छ तर उनले गोली चलाएर आफ्नो ज्यान आफैंले लिएको वा प्रहरीले मारिदिएको हो भन्ने प्रष्ट भएको छैन्।आक्रमणको कारण थाहा हुन सकेको छैन्।

अमेरिकी इतिहासकै सबैभन्दा खराबमध्येको गोलीकाण्डमा लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा ५८ जनाले ज्यान गुमाएको झण्डै महिना दिनपछि त्यस्तै प्रकृतिको पछिल्लो घटना भएको हो। ।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved