दक्षिण कोरियाको संसदबाट ट्रंपले दिए उत्तरलाई चेतावनी, भने 'हामीलाई कम नआँक्नु'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 11:26:08 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाको संसदमा बोल्दै उत्तर कोरियाका नेता किम जङ अन विरुद्ध चर्को चेतावनी दिएका छन्। ट्रम्पले भने, "हामीलाई कम नआँक्नु। हामीमाथि प्रयोग नगर्नु,"उनले भाषणमा किमलाई सम्बोधन गर्दै भने "तपाईँसँग भएका हतियारले तपाईँलाई सुरक्षित बनाउँदैनन्। त्यसले तपाईँको सत्तालाई ठूलो खतरा पुर्याएको छ।"अमेरिकी नेता एशिया भ्रमणक्रममा  दक्षिण कोरियाको दुई दिने भ्रमणमा छन्। ट्रम्पले सोलमा सांसदहरुलाई सम्बोधन गर्दै कोरियाली युद्ध यता उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे।

उनले उत्तर कोरियालाई "इतिहासको प्रयोगशालाको दु:खदायी प्रयोग" भने। ट्रम्पले प्योङयाङलाई चेतावनी दिँदै भने, "यस अघिको अमेरिकाको व्यवहारलाई उसले कमजोरी भन्ठानेको होला अब अमेरिकामा फरक प्रशासन छ।" उनले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह गरे। "उत्तर कोरिया तपाईँको हजुरबाले सोचेको जस्तो स्वर्ग छैन। यो कुनै पनि व्यक्तिले भोग्नु नपर्ने नर्क छ," ट्रम्पले उत्तर कोरिया स्थापना गरेका किम इल सङ जो किम जङ अनका हजुरबा हुन्- लाई उल्लेख गर्दै भने। ट्म्पले बाँकी विश्व खासगरी चीन र रुसलाई प्योङयाङमाथि उसका आणविक हतियार त्याग्न दबाब बढाउन आग्रह गरे।

ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा छन्। जापानबाट भ्रमण शुरु गरेका ट्रम्प दक्षिण कोरिया पुगेका छन् त्यहाँबाट उनी बुधबार चीन पुग्दैछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved