भारतमा एअरलाइन्सका कर्मचारीले यात्रीलाई दुर्व्यवहार गरेको भिडियो ‘भाइरल’ (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 07:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी नयाँदिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एअरलाइन्सका कर्मचारीले यात्रीलाई दुर्व्यवहार गरेको भिडियो ‘भाइरल’ भएपछि त्यसको छानबिनका लागि सरकारले छानबिन समिति गठन गरेको छ ।

करिब महिना दिनअघि भारतको चेन्नईबाट नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रीलाई विमानस्थलमै भारतको इन्डिगो एअरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।

मंगलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रीलाई विमान अवतरण गरेपछि बाहिर निस्कनेक्रममा कर्मचारीले घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् ।

उक्त दुर्व्यवहारसम्बन्धी भिडियो मंगलबारमात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् ।उक्त भिडियो भाइरल भएपछि उक्त एअरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर, सर्वसाधारण यात्रीमाथि गरिएको सो दुर्व्यवहारप्रति देशव्यापीरुपमा बढेको आक्रोश अझै मत्थर भने भएको छैन ।

उक्त घटनाको छानबिन गर्न बुधबार बिहानै एक छानबिन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयनमन्त्री अशोक गजापतिले दिएका छन् ।

भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।

मन्त्री गजापतिले भनेका छन्–‘एअरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रीमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ, हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं ।’

भारतीय नागरिक उड्डयनमन्त्री अशोक गजापतिले मंगलबार साँझ नै सोसम्बन्धी छानबिनका लागि समिति गठन गर्ने जानकारी दिएका थिए ।उनलाई भौतिकरुपमा लछार–पछार पार्नुका साथै गालीगलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजमा देखिन्छ । रासस/सिन्ह्वा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved