इराक-इरानको सीमामा शक्तिशाली भूकम्प, दर्जनौंको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 05:52:42 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पका कारण दर्जनौं मानिसहरुको मृत्यु भएको छ। पश्चिम इरानमा कम्तीमा ६१ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ।

प्रार्थना

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्। इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ।

सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।


बीबीसी संवाददाता रामी रुहाइमले भने, "इरानसँगको सीमा नजिकैको सुलेमेनियामा शिशाहरु फुटेका खबरहरु आएका छन् र सामाजिक सञ्जालमा त्यस्ता तस्वीरहरु पनि राखिएका छन्। र, इरानबाट आएका खबरहरुका अनुसार इराक नजिकैको सीमा क्षेत्रका थुप्रै गाउँहरुमा क्षति पुगेको छ।"

क्षति

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ। भूकम्पको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved