इराक-इरानको सीमामा शक्तिशाली भूकम्प, डेढ सय बढीको मृत्यु, मृतकको संख्या अझै बढ्ने अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 08:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पका कारण डेढ सय बढी मानिसहरुको मृत्यु भएको छ । इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको  ७.३ म्याग्निच्युडको रहेको थियो।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ। बाटो अबरुद्ध भएका कारण केही उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन्।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।

भूकम्पको धक्का कतार र इजरेलसम्म महशुस गरिएको बताईएको छ ।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको  छ। सयौ घाइते भएका र उद्दार तथा खोजि कार्य जारि रहेकाले म्र्तकको संख्या बढ्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved