फिल्मी शैलीको चोरी घटना : २५ फुट लामो सुरुङ खनेर बैंकको पैसा र गहना लुटियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 08:10:15 AM मा प्रकाशित

laxmi  sunrise bank

समयक्रमसंगै सुरक्षामा समेत नयाँ नयाँ चुनौती थपिएका छन। सुरक्षाका लागि जति नयाँ प्रविधि र पद्दति अपनाइन्छ, त्यति नै समस्याका नयाँ रुपहरु भेटिने गर्छन। 

नेपालमा समेत एटिएम तोडिएको , बैंक लुटिएको, सुरक्षा गार्ड माथि आक्रमण गरिएको समाचारहरु आईनै रहन्छन। तर छिमेकी देश भारतको एक बैंकमा यस्तो घटना घटेको छ। जहाँ अपराधीहरुले न त एटिए लुटेका छन न त सुरक्षा गार्डमाथि आक्रमण। त्यै पनि उनिहरु बैंकमा भएको ठुलो धनराशि कुम्ल्याउन सफल भएका छन। 

मुम्बईमा चोरीका लागि चोरहरुले २५ फुट लामो सुरुङ खनेका छन। मिररका अनुसार चोरहरुले चार महिना लगाएर उक्त सुरुङ खनेका हुन। बैंकबाट भारि मात्रामा नगद र गहना चोरी भएको छ। तर कति रुपैयाँ बराबरको चोरी भएको हो भन्ने तथ्यांक सार्वजनिक गर्न बाँकी नै छ। 

बैंक ऑफ़ बड़ौदा

चोरहरुले बैंक अफ बडोराको नजिकैको एक भवन भाडामा लिएर सुरुङ खन्ने काम गरेको प्रहरीको अनुमान छ। अनुगमन तथा निरीक्षण टोलिको भनाई अनुसार चोरहरुले भाडामा लिएको भवनमा एक पसल गर्दै आएका थिए। त्यहाँबाट सुरुङ खन्ने काम भईरहेको छ भन्ने भनक सर्वसाधारणमा नहोस भन्ने उदेश्यले चोरहरुले देखाउनका लागि एक पसल संचालन गरेको अनुमान छ। 

शनिबार राति मात्र यस्तो घटना भएको मुम्बई प्रहरीको भनाई छ। चोरहरु अहिले फरार छन। चोरहरुले कति महिना देखि यो सुरुङ खन्ने काम सुरु गरे भन्ने बिषयबारे केहि खुल्न सकेको छैन।  

बैंकका ग्राहकहरुलाई यस सम्बन्धि घटना सोमबार मात्र थाहा भएको बताइएको छ। भारतमा आइतबार सार्वजनिक बिदा हुने भएकाले चोरहरुले शनिबार नै आफ्नो मिसन पुरा गरि फरार भएको प्रहरीको भनाइ छ। 

त्यस बैंकका केहि ग्राहकहरुसंग कुराकानीबाट केहि ग्राहकहरुले बर्षौं देखिको पैत्रिक सम्पति बैंकको लकरमा राखेको खुल्न आएको छ। अहिलेसम्म के कति परिमाणको सम्पति चोरी भयो र कसले गर्यो भन्ने बारे अनुसन्धान जारी रहेको मुम्बई प्रहरीले बताएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved