आमाको महिमाको बयानले जितायो भारतीय युवतीलाई बिश्व सुन्दरीको ताज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 18, 2017 | 06:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतकी मानुषी चिलरले बिश्व सुन्दरीको ताज जित्न सफल भएकी छिन। चीनमा भएको ६७ औ बिश्व सुन्दरी प्रतियोगितामा बिश्वका १०८ प्रतियोगिहरुलाई पछी पार्दै २० बर्षिय चिलरले उपाधि जित सफल भएकी हुन। 

यससंगै भारतले १७ बर्षपछि बिश्व सुन्दरीको ताज आफ्नो देशमा फिर्ता ल्याएको छ। चीलर भन्दा पहिले भारतले ६ पटक बिश्व सुन्दरीको ताज जित्न सफल भएको छ। पछिल्लो पटक सन २००० मा प्रियंका चोप्राले बिश्व सुन्दरीको ताज जितेकी थिइन।     

त्यस्तै फर्स्ट रनर अपको उपाधि मेक्सिकोकी एन्ड्रीया मिजाले जितिन भने सेकेन्ड रनर अपको उपाधि बेलायतकी स्टेफेनी हिलले जित्न सफल भएकी छिन।    

'मेरो आमा मेरो प्रेरणाको सबै भन्दा ठुलो स्रोत हो, त्यसैले मैले भन्ने पर्ने हुन्छ, आमाको जागिरले नै सबै भन्दा बढी तलब पाउनुपर्ने हुन्छ' प्रतियोगितामा कुन जागिरले सबै भन्दा बढी तलब पाउनुपर्छ र किन ? भन्ने प्रश्नको उत्तर दिंदै चिलरले भनिन,'तलब सधैं नगदमा नै हुनुपर्छ भन्ने छैन, तर प्रेम र सम्मान पनि हुन सक्छ, एउटी आमाले यो सबै पाउन योग्य छिन।'    

नेपालको तर्फबाट ६७ औ बिश्व सुन्दरी प्रतियोगितामा निकिता चन्दकले भाग लिएकी थिइन्। उनि अन्तिम ४० मा पुग्न सफल भएकी थिइन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved