मोहम्मद अज्मत अलि     Sep 09, 2016 | 10:54:18 AM


ruslan

कोरियामा शक्तिशाली भूकम्पको झड्का महशुस गरिएको छ । स्थानीय समय अनुसार बिहान ९ बजे ५.३ रेक्टरको भूकम्प महशुस भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाले भने उत्तरले परमाणु परीक्षण गरेकाले भूकम्प गएको दाबी गरेको छ । दक्षिण कोरियाको राष्ट्रीय सुरक्षा एजेंसीले यस बिषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।  

जापानका प्रधानमन्त्री शिंज़ो अबेले उत्तर कोरियाको पछिल्लो कदन असह्य भएको बताएका छन् । अमेरिकाले पनि यसलाई ध्यानले नियालीरहेको बताएको छ । उत्तर कोरियाले गत जनवरीमा पनि  परमाणु परीक्षण गरेको थियो ।त्यस यता उत्ता कोरियामा आर्थिक तथा अन्य प्रतिवन्धलाई कडाइ गरिएको छ ।  

उत्तर कोरियाले यस अघि पनि पटक पटक परमाणु परिक्षण गरेकोमा हरेक पटक भूकम्प आउने गरेको छ   । उत्तर कोरियाले आफुले सफलता पुर्वक पाचौ र सबै भन्दा शक्तिशाली परमाणु परिक्षण गरेको पुष्टि गरेको छ ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7