गुगल र फेसबुकका मालिक भन्दा धनी भए नाम नै नसुनिएको चिनियाँ कम्पनी टेनसेन्ट संचालक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 11:33:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सोसियल मिडियामा एक छत्र राज गरेको फेसबुकलाई चीनियाँ कम्पनीले कडा चुनौती दिएको छ। चीनको ठुलो सोसल मिडिया ‘विच्याट’ सन्देश एप सञ्चालन गर्ने कम्पनी टेनसेन्टले सम्पतिमा फेसबुकलाई पछि पारेको छ। 

बिशेष गरि चीनमा बढी प्रयोग गरिने संदेश एप्स 'विच्याट' र गेमिग एप्सका कारण टेनसेन्टको शेयर मूल्य बढेर फेसबुकलाई पनि जितेको हो।  एसियन कम्पनीमा नै पहिलो बन्दै टेनसेन्टको बजार मुल्य ५०० बिलियन अमेरिकी डलर पुगेको छ। यससंगै कम्पनीका प्रमुख कार्यकारी मा हुतावेंगको सम्पती गुगलका संस्थापक ल्यारी पग र सार्गे बृनको भन्दा पनि बढी भएको फोर्ब्सले जनाएको छ।  

म्यागेजिनका अनुसार मंगलबार मात्र टेनसेन्टको बजार मुल्य ४८।३ बिलियन अमेरिकी डलर थियो। नयाँ रेकर्डसंगै टेनसेन्टका प्रमुख कार्यकारी बिश्वका ९ औ धनी व्यक्ति बन्न सफल भएका छन। 

टेनसेन्टको शेयर मुल्य अझै माथि जाने जानकारी दिदै कम्पनीका प्रमुख कार्यकारीले आगामी बर्षदेखि विच्याट पेमेन्ट सेवा मलेसियामा पनि सुरु हुने घोषणा गरेका छन। मलेसियाको बजारमा प्रवेश पश्चात कम्पनीको बजार मुल्य झनै आकाशिने विश्लेषण गरिएको छ। 

टेनसेन्टको स्न्याप, स्न्यापच्याट लगायतका सोसल मिडियामा लगानी रहेको छ। त्यस्तै बहुचर्चित मल्टीप्लेयर खेल 'अनर अफ किंग टु दि अमेरिका' भन्ने गेमिंगमा समेत कम्पनीको लगानी छ। जुन गेम चीन लगायत बिश्वबजारमा युवा तथा बालबालिका माझ लोकप्रिय छ।

टेनसेन्टले सुस्त गतीमा अमेरिकामा समेत आफ्नो प्रभाब बढाउदै लागेको विश्लेषण गरिएको छ। एप्पल, अमेजन र माइक्रोसफ्टको नाम सुन्दै आएका अमेरिकनहरुलाई अब टेनसेन्ट समेत सामान्य लाग्न थालेको विश्लेषण गरिएको छ। 

बिश्वबजारमा प्रवेशको चुनौती खेपिरहेको विच्याट चीनी मार्केटमा भने अनिवार्य जस्तै भएको छ। चीनमा मात्रै यसका प्रयोगकर्ताको संख्या करोडौं रहेको छ। संदेश पठाउने र प्राप्त गर्ने सुविधा दिएर बजारमा प्रवेश गरेको विच्याटले शपिंग, ट्याक्सी रिजर्भ, लगानी, टेकअवे, भुक्तानी जस्ता सेवा दिंदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved