यसरी ‘हिरो टु जिरो’ बने रोबर्ट मुगाबे

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 07:14:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अफ्रिकी महादेशको सबभन्दा बढि शिक्षीत नागरिक बस्ने भुपेरिवेष्ठित मुलुक जिम्बाबेका ३७ बर्षे लामो एकछत्र शासन सत्ता मंगलबार साँझदेखि अन्त्य भएको छ । आफ्नै र प्रमुख विपक्षी दल मिलेर महाअभियोग लगाउने तयारी भएपछि अफ्रिकी मुलुक जिम्बाबेमा नायकबाट उदाएर ‘शासक’ को उपनामबाट चर्चित रोबर्ट मुगाबेको युग समाप्त भएको हो । हुन त १९९७ मा उनको दलले निर्वाचन हार्दा नै युग सकिने बताइ पनि जिम्बाबेलाई नेतृत्व दिर्दै पुन: लयमा फर्किएर पछिल्लो समय २० बर्ष लगातार शासन गरे । ‘यो शासन कालमा उनी पटक पटक हट्ने चर्चा भइरह्यो’ पुराना पत्रकार जिम पेपर्सका पत्रकारहरुले सुनाए ।

  बीचको केही महिना छोडेर झण्डै चार दशक शासन गरेका मुगावेले आफ्नै सेनाले ‘कू’ गर्दा समेत सत्ता नछाडेपछि सैनिक ‘कू’ लाई नै शंकाको दृष्टिले हेर्ने गरिएको थियो । किनकी यसअघि पनि उनी हट्ने चर्चा भइरहे पनि त्यो हल्लामा नै सिमिति बन्दै अन्तिम समयमा उनी नै हावी हुने गरेका थिए । यतिबेला भने उनी विरुद्ध महाअभियोग ल्याउने तयारी भएपछि साच्चै सैनिक ‘कू’ ले उनलाई पछि हट्न बाध्य पार्‍यो । र, ९३ बर्षिय मुगावेले मंगलबार अवेर पदबाट राजिनामा दिए । उनको राजिनामा नदिन कतिपय अफ्रिकी शासकहरुको सल्लाह रहेको खुलासा जिम पेपर्सले उल्लेख गरेको थियो । पहिलो पत्निको निधनपछि आफ्नै टाइपिस्ट ग्रेस माफरुलाई विवाह गरेका उनले उनीलाई उत्तराधिकारी बनाउन खोज्दा यो संकट आएको समाचार जिम्बाबेका संचार माध्यमहरुले लेखेका छन् ।

दक्षिण अफ्रिकामा १० औं खोजपत्रकारिता सम्मेलनमा भेला भएका विश्वका दैनिक संचार माध्यम तथा टेजिभिजनमा सक्रिय पत्रकारहरुले समेत मुगाबेले सजिलै राजिनामा नदिने बताएका थिए । जिम्बाबेबाट जोहनेसबर्गमा यही साता भेला भएका पत्रकारहरुले कान्तिपुरसँग यसअघिका अनुभव सुनाउँदै भनेका थिए, ‘अन्तराष्ट्रिय संचारमाध्यममा आएजस्तो मुगावेको बर्हिगमन त्यति सहज छैन । हो, उनले श्रीमतीलाई उत्तराधिकारी बनाउन खोज्दा दलभित्र नै धमिरा लागेको छ । उनी नायकबाट शासक बनिसकेका छन । साच्चै उनी जिम्बाबेका नायक थिए । अहिले होइन उहिले ।’ मुगावे नेलसन मण्डेलाले अध्ययन गरेका फोर्ड हरे विश्वविद्यालय पढेका ब्यक्ति हुन । उनी मण्डेला बन्ने त परको विषय भएपनि पत्नि मोहले अहिले आफंै पतन भए । एक छत्रराज रहेको जिम्बाबेमा शक्ति पतन भएपछि त्यस क्षेत्रको शक्तिशाली मानिएको मण्डेलाको मुलुक दक्षिण अफ्रिकामा समेत यसको प्रभाव पर्ने आंकलन त्यहाँ सुरु भएको छ । लामो समयदेखि दक्षिण अफ्रिका राम्रो सम्भावना भएको मुलुक भएपनि त्यहाँको असुरक्षा र बेरोजगारले गाजिएको छ । ज्याकुव जुमाले पनि आफ्नो शासनको जटिलतालाई नजिकबाट नियाल्न थालेका छन् ।

जिम्बाबेसँग सीमा जोडिएकाम मात्र होइन त्यो महादेशमा रहेका ५४ मुलुक मध्ये अधिकांशमा लामो शासनहरु भइरहेको अवस्था छ । यसमा उनीहरु झस्कनुपर्ने अवस्था देखापरेको छ । दक्षिण अफ्रिका, बोत्सवाना, जाम्बिया र मोजाम्बिक जिम्बाबेको छिमेकी मुलुक हो । जीम्बाबेमा ९९ दशमलव ४ प्रतिशत अश्वेत अफ्रिकन, जिरो दशमलव २ प्रतिशत श्वेत अफ्रिकन, जिरो दशमलव ४ प्रतिशत अन्य नागरिक छन । नेपालभन्दा अढाई गुना ठूलो मुलुक भएपनि जनता भने नेपालको आधामात्र छ । श्वेत विरुद्ध छापामार युद्ध गरेका उनले बेलायतीले आह्वान गरेको शान्तिवार्ता स्विकार गरेर चर्चामा आएर राजनेताको भूमिका देखाएको अनुभव दि हेराल्ड जिम्बाबेका संवावदाता बताउने फ्लेक्स शोरीले सुनाउदै भने, ‘सन् १९८० को निर्वाचनमा सहभागि हुदै सफलता चुमेका उनी त्यतीबेला विश्वभर हाई हाई थिए । अहिले आफ्नै कारण उनी पतन भए । पहिले नै उनले राज्य छोडेर अभिभावक बन्नुपर्ने थियो । त्यतीबेला निर्वाचनको छ हप्ता अघिमात्र १० बर्ष निर्वासनमा बसेर स्वदेश फिरेका थिए ।’

नेल्सन मण्डेलाको मुलुक दक्षिण अफ्रिकामा अहिले ज्याकुव जुमाले राज गरिरहेका छन । उनी सन् २००५ बाट लगातार जुमा शासनमा छन । उनले मुलुकको शत्ता सम्हालेको दोस्रो कार्यकाल लार्इै नै पनि लामो भनिरहेको अवस्था छ । अफ्रिकी मुलुकहरुको रोग झै रहेको शत्तामा लामो समय बसिरहने प्रयास यसपटक पनि देखिएको छ । जिम्बाबेमा मुगावेको विरुद्धमा उठेको लहर चानचुने थिएन । त्यहाँको राजनीति अझै पनि तरल नै छ । किनकी मुगावेका उपराष्ट्रपति इमर्सन नानगाग्वानै राष्ट्रपति बन्ने भएकाले पनि अहिले नै यो राजनीतिक अस्थिरता कुन चरणमा तैरिने आंकलन त्यहाको पत्रकारहरुले गर्न सकेका छैनन ।

मुगावेको दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन( प्याट्रिओटिक फ्रन्ट (जानु(पीएफ) र विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी) ले संसदमा महाभियोग दर्ता गर्ने प्रकिया सुरु गरेपछि उनी गलेका हुन । शत्तापक्ष र प्रतिपक्षले नै लगातार दवाव दिएपछि मुगाबेको राजीनामा संसदमा सभामुखले पढेका थिए । उनको कदमले जिम्बाबेमा मात्रै होइन उनको छेउछाउमा रहेको अफ्रिकी मुलुकमा समेत खुशीयाली छाएको छ । पछिल्लो समय चिनियाँको ठूलो लगानी रहेको उक्त मुलुकमा त्यो प्रकारको शैनिक कू अनि अस्थिरताले सबैलाई हल्लाएको भएपनि अन्तत जिम्बाबे नया नेतृत्वमा जादै केही उदार राजनीति अघि बढ्न सक्ने आंकलनहरु भएका छन । किनकी, मुगावेले आफू केन्द्रित राजनीति गर्दा अर्थतन्त्र निकै कमजोर बनेको समाचारहरु लगातार बाहिर आइरहेका छन । पछिल्लो समय चिनियाँ लगानीले उनको साख बच्दै आए पनि अहिले धाराशाही बन्यो । जिम्बाबेमा आउने नयाँ नेतृत्वलाई आर्थिक मन्दी र बेरोजगार नै प्रमुख चुनौति रहनेछ । नानगाग्वा प्रति जनता विश्वस्त हुन सकेका छैनन, एक संचारकर्मीैले सुनाए, ‘उनी पनि लामो समय मुगावे दमनलाई साथ दिने ब्यक्ति हुन ।’ त्यहाका संचारकर्मी खुलारुपमा बाहिर आउन सकेका छैनन् ।

मुगावेको राजिनामा सुन्नेवित्तिकै नारावाजी र नाचगान सुरु भएको थियो । जिम्बाबेमा राजनीतिक संकट समाधान तर्फ खोज्दा यतिधेरै खुशीयाली जनतामा देखिएको नै पहिलो पल्ट रहेको त्यहाँको संचारमाध्यमहरुले उल्लेख गरेका छन । श्वेत शासकलाई घुटा टेकाउन सफल बनेका मुगावे ३७ बर्ष अघि जिम्बाबे मात्र नभएर विश्वभर नायक रहे तर अहिले च्युत हुन बाध्य भए । यो शत्ता मोहले ल्याएको पछिल्लो उदाहरण हो । अन्यथा उनी अफ्रिकी महादेशको दक्षिणी भेगमा रहेको मुलुक जिम्बाबेमा उनी नेल्सन मण्डेला झै रहन सक्ने अवस्था थियो । सत्तामा उनले मण्डेलाले झै मेलमिलावको प्रयास अघि बढाए पनि सफलता दिलाउन सकेनन । हत्या हिंसा बढै गयो । उनले श्वेतहरुको नियन्त्रणमा रहेको जमिन उद्योग कब्जा गर्दै परिवारलाई बलियो र मुलुक कमजोर बनाउदै गए जसले यो अवस्था निम्त्यायो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved