मनाङगाग्वा जिम्बाब्वेका नयाँ राष्ट्रपति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 07:08:12 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बाब्वेका नवनियुक्त राष्ट्रपति एमरसन मनाङगाग्वाले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रनिर्माणमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरेका छन्।शपथ लिएपछि राजधानी हरारेस्थित खचाखच भरिएको रंगशालामा आफ्नो उदघाटन भाषण गर्दै उनले मुगाबेलाई आफ्नो गुरु तथा मित्र भनेका छन्।

अल्पसंख्यक गोराको स्वामित्वमा रहेका जमिन खोस्ने मुगाबेको विवादास्पद नीतितर्फ संकेत गर्दै उनले अब त्यो उल्टिन नसक्ने बताए। उनले ती जमिनका नयाँ मालिकहरुलाई बाली लगाउन भनेका छन् तथा पुराना मालिकहरुलाई क्षतिपूर्तिको वाचा गरेका छन्।

उनले आगामी वर्षका निम्ति तय गरिएको चुनाव निर्धारित समयमै हुने बताए।

एमरसन मनाङगाग्वा

जिम्बाब्वेका नयाँ राष्ट्रपति

७५ अनुमानित उमेर

१० वर्ष एक रेलमा आक्रमण गरेकाले गोरा अल्पसंख्यक शासनका बेला जेल परेको समय

३७ वर्ष सरकार, दल वा संसदीय पदहरुमा रही विताएको समय

२०,००० उनी राष्ट्रिय सुरक्षा मन्त्री रहेको बेला सन् १९८० को दशकमा भएका द्वन्द्वका बखत मारिएका अनुमानित संख्या

बालबच्चाका संख्या

अनुपस्थित

९३ वर्षिय रोबर्ट मुगाबे अत्यधिक थकानका कारण सो समारोहमा उपस्थित हुन नसकेको औपचारिक रुपमा बताइएको थियो।उनी र उनको परिवारलाई उच्च सुरक्षा सुविधाको ग्यारेन्टी गरिएको बताइएको छ।


मुगाबेकी श्रीमति ग्रेसलाई राष्ट्रपति बन्नका लागि बाटो खोल्न मनाङगाग्वालाई उपराष्ट्रपति पदबाट बर्खास्त गरिएपछि गत हप्ता त्यहाँ सेनाले हस्तक्षेप गरेको थियो।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved