गोलिको आवाजपछी लण्डन अक्सफाेर्ड स्टेसन बन्द, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 10:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

लन्डनको अक्सफोर्ड सर्कस ट्युब स्टेशनलाई गोलि चलेको आवाज आएपछी सुरक्षाकर्मीले बन्द गराएका छन। उक्त क्षेत्रमा सुरक्षाकर्मीले बन्दुकधारीमाथि जवाफी कारबाही गरेको देखिएको प्रत्यक्षदर्शीले बताएको बिबिसीले जनाएको छ। 

ब्रिटिश टान्सपाेर्ट प्रहरीका अनुसार सुरक्षाकर्मी समयमै घटनास्थल पुगेर सर्वसाधारणलाई सो ठाउँ छोड्न भनेका थिए। टान्सपोर्ट फर लन्डनले एक घटनापछि स्टेशन बन्द गरिएको पुष्टि गरेको छ। प्रहरीहरुले त्यहाँका मानिसहरुलाई भवन भित्रै लुक्न आग्रह गरेका छन।

लन्डन महानगरीय प्रहरीका अनुसार अहिलेसम्म कोही मृत्यु भएको खबर प्राप्त भएको छैन तर प्रत्यक्षदर्शीले गोली चलेको आवाज सुनेको जनाएका छन्।

‘प्रहरीले आतंकवादीसम्बन्धी घटनाको जवाफी कारवाही गरिरहेको छ’, स्कटल्यान्ड यार्डले भने, ‘हतियारधारी एवं हतियारबिहीन सुरक्षाकर्मीहरु यहाँ देखिएका छन्। उनीहरु ब्रिटिस टान्सपोर्ट पुलिससँग मिलेर काम गरिरहेका छन्।’

एक प्रत्यक्षदर्शीकाे भिडियाे ट्विट 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved