उत्तर कोरियाद्वारा पुरै अमेरिकी महादेश पुग्न सक्ने अहिलेसम्म कै शक्तिशाली क्षेप्यास्त्र परिक्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 08:32:31 AM मा प्रकाशित

laxmi  sunrise bank

 उत्तर कोरियाले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो। दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ।

उत्तर कोरियाले गरेको परिक्षण मध्ये यो नै सबै भन्दा शक्तिशाली रहेको बताईएको छ । यसले पुरै अमेरिकी महादेशसम्म मार हान्न सक्ने बिबिसीले जनाएको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४ सय ७५ मिटरको उचाईमा पुगेर ५३ मिनेटमा ९ सय ५० किलोमिटर टाढा पुगेको थियो ।

यो क्षेप्यास्त्र जापानी भूभाग माथिबाट यात्रा नगरेको भएपनि जापानी समुन्द्रमा खसेको बताईएको छ । 

उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। विश्लेषकहरु भन्छन्, प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेट्ने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको छ। यसअघि गत एप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा बलेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो। 

यसअघि एप्रिल महिनाकै शुरुमा उत्तर कोरियाले गरेको अर्को क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो। राष्ट्रसंघको सुरक्षा परिषद्‍मा बोल्दै अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए। तर चिनियाँ विदेशमन्त्री वाङ यीले थप वार्ताहरुको लागि आह्वान गरेका थिए। अमेरिकाले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्न चीनले अझ बढी भूमिका निर्वाह गरोस् भन्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved