भारत भ्रमणमा डोनाल्ड ट्रंपपुत्री इभान्का, उपहारमा दिइयो ६४ लाखको सारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 05:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपकी छोरी इभान्का ट्रंपलाई भारतमा भब्य स्वागत गरिएको छ । भारत भ्रमणमा आएकी इभान्कालाई मिठा खानेकुरा र महंगा उपहार दिएर स्वागत गरिएको छ। 

इन्भान्कालाई तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले इभान्कालाई विशेष सारी उपहार दिएका छन् । यो गोलाभामा सारीमा चाँदीको मिहिन कारीगरी छ । सारीको मूल्य ६४ लाख रुपैयाँ हो । चाँदीको मिहिन कारीगरी गरिएको सारी बनाउनका लागि १२० परिवारका कारीगरले दिनरात मेहनत गरेर दुई महिनामा सारी तयार पारेका हुन् ।  

त्यस्तै उनलाई साढे दुई किलो चाँदीबाट बनेको चारमीनारको प्रतिरूप र डेढ किलो चाँदीले बनेको हाँसको एक प्रतिमा पनि उपहार दिइएको छ । भारतमा इभान्काका लागि खास डिनरको पनि आयोजन गरिएको छ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इभान्कासँग मिलेर समिटको उद्घाटन गरे । त्यतिखेर उनले इभान्कालाई काठको बाकस पनि उपहार दिए । आफ्नो भब्य स्वागत गरिएकोमा इभान्काले खुलेर भारतको प्रशंसा गरेकी छिन। तर आलोचकहरूले चाहिँ यसरी मोदी सरकारले इभान्कालाई महंगा उपहार दिनु चाकरी हो भनेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved