बैंकको गल्तिले एक बिद्यार्थीले पाइन ४८ करोड, मुद्दा नचल्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 03, 2017 | 10:35:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको गल्तीले तपाईलाई ४८ करोड प्राप्त भयो भने के गर्नुहुन्छ ? अवस्यपनि घरजग्गा, गाडी खरिद गर्नुहोला। हो यस्तै घटना भएको छ अष्ट्रेलियामा। 

अष्ट्रेलियामा अध्यनरत एक मलेसियाली महिलाले बैंकको गडबडीका कारण ४८ करोड प्राप्त गरेकी छिन। २२ बर्षिय क्रिस्टिन लिले आफ्नो बैंक खातामा आएको यो रकमले गरगहना, ह्यान्डब्याग, इलेक्ट्रोनिक डिभाइस लगायतका सामान खरिद गरिन। बिबिसीका अनुसार लिले करिब १ बर्षको अवधिमा यति धेरै रकम खर्च गरेकी थिइन। 

सिड्नी विश्वविद्यालयकी पूर्व छात्राले सन् २०१२ मा वेष्टप्याक बैंकमा खाता खोलेकी थिइन्। भुलबस बैंकले उनको अकाउन्टमा असीमित ओभरड्राफ्टको सुविधा दियो। आफ्नो खातामा आएको उक्त रकम लिले खर्च गरिन। सन् २०१४ मा निकालिएको यो रकमलाई प्रहरीले ठगी मानेको थियो ।  

तर अष्ट्रेलियाको अभियोजन पक्षले लि बिरुद्दको आरोप फिर्ता लिएको छ। आरोप फिर्ता लिनका लागि अभियोजन पक्षले कुनै कारण दिएन ।लीका वकिल ह्युगो एस्टनले अभियोजन पक्षको यस कदमबाट राहत प्राप्त भएको बताए। एस्टनका अनुसार लिले किनेका अधिकांश कुराहरु बरामद गरि उनलाई मलेसिया फर्काईएको छ। 

सन २०१२ मा खाला खोलिएको भएपनि सन २०१४ सम्म पैसा निकालिएको थियो। तर बैंकलाई भने २०१५ मा मात्र आफ्नो गल्ति थाहा भएको हो। लि मलेसिया फिर्ता हुने क्रममा उनलाई सिड्नी विमानस्थलमा पक्राउ गरि उनीमाथि ठगीको मुद्दा लगाइयो। 

लिका वकिलले लीले इमान्दारिता नदेखाएको भएपनि उनले ठगी भने नगरेको र यो बैंकको गल्ती भएको दाबि गरिन। पाँच वर्ष अस्ट्रेलियामा बसेकी केमिकल इन्जिनियरिङकी विद्यार्थी लीलाई बैंकरप्ट (दिवालिया) घोषित गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved