22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

आन्तरिक द्वन्द्वका कारण सोमालियामा भोकमरी, ३० लाख नागरिकको जीवन संकटमा

Posted on:December 15, 2017

citizen bank

सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । 

आन्तरिक द्वन्द्व, खडेरी लगायतका कारण नागरिकको आधारभूत आवश्यकताको उपलब्धतामा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा देखाइएको छ । जसका कारण सोमालियाको ठूलो जनसङ्ख्याले मानवीय सहयोगका लागि विश्व समुदायको भर पर्नुपर्ने अवस्था रहेको पाइएको छ ।

सोमालियाको मानवीय आवश्यकता समिक्षा समूहले केही समय पहिले जारी गरेको प्रतिवेदनमा अर्को बर्ष मुलुकको झण्डै आधा जनसङ्ख्या अर्थात् ६२ लाख जनतालाई आधारभूत मानवीय सहयोगको खाँचो हुने जनाइएको थियो । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि संयोजक पिटर डे क्लर्कले सोमालियामा खासगरी यहाँको आन्तरिक द्वन्द्व र खडेरी नै मानवीय सहायताका लागि मुख्य कारक मानिएको जानकारी दिनुभएको छ ।

सोमालियामा गएको चार बर्षसम्म आवश्यक मात्रामा वर्षा भएको छैन । कम बर्षाका कारण यहाँको द्वन्द्वबाट विस्थापित भएर बसेका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ । यसरी विस्थापित जनतामध्ये करिब एक तिहाईलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको छ । यो आवश्यकता आगामी वर्ष झनै बढ्दै जाने छ ।

Share your thoughts!

Loading...

Trending