युएनमा अमेरिकाको बिरुद्द भोट गर्ने देशको आथिक सहयोग रोक्ने ट्रंपको चेतावनी, १८० देशलाई पत्र पठाईयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 10:02:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले संयुक्त राष्ट्रसंघमा हुने मतदानमा अमेरिकाको बिरुद्द मतदान गर्ने देशको आर्थिक सहायता रोक्ने चेतावनी दिएका छन्  । 

संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कि नदिने भन्ने बिषयमा मतदान हुन् लागेको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गरेपछि कतिपय स्थानमा त्यसको बिरोध भएको छ   । यहि विवाद समाधान गर्न बिहिबार संयुक्त राष्ट्रसंघमा मतदान हुदै छ  । 

त्यहाँ हुने मतदानमा अमेरिकी निर्णय बिरुद्द अर्थात् जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता  नदिने पक्षमा मतदान गर्ने देशलाई अमेरिकाले दिने आर्थिक सहयोग रोक्ने चेतवानी ट्रंपले दिएका हुन्। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजुदुत निक्की हेलेनले १८० देशलाई चेतावनी युक्त पत्र लेखेकी छिन् । जसमा अमेरिका को बिरुद्द मतदान गरे उनीहरुको नाम ट्रंपलाई दिने र ट्रंपले उनीहरुको देशमा दीईदै आएको आर्थ्गिक सहयोग रोक्ने चेतावनी दिईएको छ । 

ट्रंपले भनेका छन् 'हामी मतदानलाई हेरिरहेकाछौ, हामीले खरबौ खर्च दिने र त्यसको जवाफमा हामी बिरुद्द मतदान गर्ने कार्य सह्य हुने छैन '  ।  उनले भनेका छन् 'हाम्रो बिरुद्द मतदान गरे पनि हामीलाई मतलब छैन किनकी हाम्रो खरबौ डलर हामी संगै रहने छ, हामी धेरै बचत गर्न सक्ने छौ । 

मस्यौदा प्रस्तावले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरेको छ।

महासभामा 'भिटो' अर्थात विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने ठानिएको छ।

अमेरिकाले अधिकांश देशहरुमा विभिन्न शिर्षकहरुमा आर्थिक सहायता दिदै आएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved