ओलीलाई मोदीले अचानक किन फोन गरे ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 07:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्बाद भएको छ। मोदीले ओलीसंगको टेलिफोन वार्तामा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेको जनाइएको छ। 

निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई वधाइ तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरे। 

मोदीले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताए।

प्रत्युत्तरमा ओलीले प्राप्त बधाइ तथा शुभकामनाका लागि मोदीलाई धन्यवाद ज्ञापन गरे। अब आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताउँदै अध्यक्ष ओलीले यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताए। 

खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणापत्र पत्र पठाइने बताए। अध्यक्ष ओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई वधाइ ज्ञापन गरे।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved