नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 04:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा नेपालले विपक्षमा मतदान गरेको छ। जेरुसलेमलाई इजरायलको राजधानीका रूपमा तोकिनुपर्नेबारे भएको मतदानमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको हो ।

जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा तोकिनुपर्ने धारणा अमेरिकी राष्ट्रपतिको थियो । उक्त विषयमा संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसंघको सदस्य रहेका विश्वका १२८ मुलुकहरुले उक्त विषयमा विपक्षमा मतदान गरेका थिए भने ९ देशले उक्त विषयको पक्षमा मतदान गरेका थिए ।

अमेरिकाले आफ्नो विपक्षमा मतदान गर्ने मुलुकहरुमाथिको सहायतामा रोक लगाउने चेतावनी दिएको छ । इरान विदेश मन्त्रालयाले अमेरिकाको उक्त प्रतिक्रियाले लोकतान्त्रिक मूल्य मान्यताको अवहेलना गरेको बताउँदै आएको छ। क्यानड़ा, मेक्सिको, रुवान्डा, उगांडा लगायतका ३५ राष्ट्रहरुले मतदान प्रक्रियामा भाग लिएनन।   

जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा मतदान गर्नेहरुलाई प्यालेस्टाइनले धन्यबाद ज्ञापन गरेको छ भने इजरायलले यस निर्णयलाई अस्विकार गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved