आर्थिक सहयोग रोक्ने अमेरिकाको चेतावनीमा पाकिस्तानले दियो यस्तो जवाफ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 08:30:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले पाकिस्तानलाई गम्भीर आरोप लगाउदै आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन। पाकिस्तानलाई बिगत १५ बर्षदेखि अरबौं डलर सहयोग गर्नु अमेरिकाका पुर्व राष्ट्रपतिको गम्भीर भुल भएको भन्दै आफुले यो भुल नगर्ने चेतावनी दिएका छन। 

अंग्रेजी नयाँ बर्ष २०१८ को पहिलो दिनमा एक ट्विट मार्फत ट्रंपले पाकिस्तानलाई धोकेवाज र झुटो भनेका छन। 'अमेरिकाले पछिल्लो १५ बर्षमा पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी सहयोग गर्यो तर बदलामा मात्र झुट र कपट मात्र प्राप्त गर्यो, पाकिस्तानले अमेरिकाका नता मुर्ख छन भन्ने सोच्छ, हामि अफगानिस्तानमा जुन आतंकारीको खोजि गर्दै छौं, पाकिस्तानले तिनीहरुलाई सुरक्षा दिएको छ, अब धेरै भयो' ट्रंपले ट्वीट गरेका छन। 

पाकिस्तानलाई दिंदै आएको आर्थिक सहयोग रोक्ने बारे ट्रंपको भनाईको पाकिस्तानले पनि चेतावनीको भाषामा जवाफ दिएको छ। पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले छिट्टै पाकिस्तानले ट्रंपलाई जवाफ दिने बताउदै ट्वीट मा भनेका छन, 'हामि बिश्वलाई सत्यबारे जानकारी दिनेछौं, तथ्य र कल्पनाको बीचको फरक बिश्वलाई भन्छौं।' 

आसिफले अमेरिकाले पछिल्लो पटक अफगानिस्तान क्षेत्रमा गर्दै आएको आक्रमण र त्यसपछाडीको अमेरिकाको स्वार्थलाई सार्वजनिक गर्ने संकेत गर्दै चेतावनी पूर्ण भाषामा जवाफ फर्काएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved