अमेरिकाले पाकिस्तानलाई उपलब्ध गराउदै आएको सबै सुरक्षा सहायता रोक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2018 | 11:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले पाकिस्तानले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै उसलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने बताएको छ।

अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको हो।

यो साताको शुरुमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अरबौं डलर लिइरहे पनि पाकिस्तानले आतंकवादीलाई शरण दिएको आरोप लगाएका थिए।

पाकिस्तानले भने इस्लामवादी सञ्जालहरूसँगको लडाईंमा आफूले ठूलो क्षति ब्योहोरेको बताउने गरेको छ।

गुनासो

अमेरिकाले पाकिस्तानले अफगान तालिबान र उसका सहयोगीहरूलाई सीमापारी अफगानिस्तानमा हमला गर्न दिइरहेको भन्दै गुनासो गर्ने गरेको छ।

त्यसलाई इस्लामावादले अस्वीकार गर्छ तर ट्रम्पले भने आफू राष्ट्रपति भएदेखि नै त्यसको आलोचना गर्दै आएका छन्।

अमेरिकाको विदेश मन्त्रालयकी प्रवक्ताले पाकिस्तानले लडाकुहरूविरुद्ध निर्णायक कदम नचाल्दासम्म सुरक्षा सहायता निलम्बन गर्ने वासिङ्टनले निर्णय गरेको बताएकी हुन्।

कति रकम बराबरको सहायता रोक्न लागिएको हो भनेर खुलाइएको छैन।

सहायता

पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि अनिच्छापूर्वक आतंकवाद विरुद्धको लडाईंमा जोडिएको थियो।

उसले त्यसैको परिणामस्वरूप अमेरिकाबाट अरबौं डलर सहायताका रूपमा प्राप्त गरेको छ।

पाकिस्तानसँग अमेरिका निराश बन्दै जाँदा सहायता रकम बर्षेनि घटिररहेको छ।

तर पनि दुई देशबीचको असहज सम्बन्ध भने जारी छ किनभने पाकिस्तानबाट प्राप्त हुने सहकार्य अमेरिकाका लागि आवश्यक छ।

पाकिस्तानीहरू इस्लामवादी सञ्जालविरुद्धको लामो समयदेखिको लडाईंमा आफूहरूले धेरै गुमाएको बताउँछन्।

ट्रम्पले आफ्नो देशले खेलेको भूमिका मनन गर्न ट्रम्प असफल भएको पाकिस्तानीहरूले बताउने गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved