श्रीलंकाले ६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको छ। महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको छ। बुधवार उक्त कानुनमा परिमार्जन गर्न लागिएको घोषणा गरिएको थियो। त्यसको अर्थ अब महिलाहरूले पूर्वस्वीकृति विनै मदिरालयबाट काम गर्न पनि पाउँनेछन्।
विगतमा पनि उक्त कानुनको पूर्ण पालना भएको थिएन। तर धेरै श्रीलंकाली महिलाले पछिल्लो सरकारी निर्णयको स्वागत गरेका छन्। श्रीलंकाका अर्थमन्त्रीले गरेको उक्त कानुन परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद दिएका छन्। नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्सप्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउँन राज्यका कर आयुक्तको अनुमति लिनुपर्ने छैन। धेरैले प्रसन्नता व्यक्त गरेपनि कतिपयले चाहिँ पछिल्लो निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्नसक्ने चिन्ता व्यक्त गरेका छन्।
श्रीलंकामा बहुसंख्यक महिलाहरू मदिरालाई आफ्नो संस्कृतिको विपरीत ठान्छन्। तर सन् २०१६ मा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालैका वर्षमा देशका महिलाहरूको रक्सी सेवन गर्ने दर नाटकीय रूपमा बढेको बताएका थिए। मद्यपान विरोधी अभियानकर्ता समेत रहेका सिरिसेनाले त्यसबेला भनेका थिए, "दुर्व्यसनी अब श्रीलंकाको जल्दोबल्दो राष्ट्रिय समस्या बनिसकेको छ।"
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि