आप्रवासीबारे ट्रम्पद्वारा अशिष्ट र अपमानजनक भाषा प्रयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2018 | 08:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हेइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेका छन्। ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकका क्रममा ट्रम्पले किन ती देशका मानिसहरूलाई आफ्नो देशमा आउन दिनुपर्यो भनि प्रश्न गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट शब्दले कतिपय सांसदहरूलाई नै चकित पारेको बताइएको छ। उनले हेइटी, एल साल्भाडोर र अफ्रिकी देशविरुद्ध नराम्रो शब्द प्रयोग गर्दै त्यहाँका भन्दा बरू नर्वेका मानिसहरूलाई आफ्नो देशमा लिँदा हुने बताए।

कोशिश

वासिङ्टन पोष्ट पत्रिकाका अनुसार रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूलाई ट्रम्पले किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ आउन दिने भनि प्रश्न गरेका थिए। उनले त्यसपछि स्पष्ट रुपमा किन नर्वेजस्ता देशका मानिसहरू यहाँ नआउने भनेका थिए। ट्रम्पले यसै साताको शुरूमा नर्वेका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेटेका थिए। क्यापिटल हिलका राजनीतिज्ञहरू आप्रवासन सुधार सम्बन्धी दुइपक्षीय सम्झौतालाई पुनर्स्थापित गर्ने कोशिश गरिरहेका छन्।

बन्द कोठा

अमेरिकामा आप्रवासीको रुपमा अवैध रुपमा ल्याइएका बालबालिकाको कानूनी सुरक्षा पुनर्स्थापित गर्ने प्रयास उनीहरूले गरिरहेका छन्। यसै हप्ता ह्वाइट हाउसमा भएको लामो बैठकलाई ट्रम्पले टेलिभिजनमार्फत प्रशारण गर्न अनुमति दिएका थिए। उनले अपमानजनक शब्दहरू भने बन्द कोठामा भएको बैठकमा प्रयोग गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved