६ देशको नेतृत्त्व गर्दै भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण, पाकिस्तानको कडा आक्रोश

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 05:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको प्रति पाकिस्तानले आपत्ति जनाएको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको भारतीय संचार माध्यममा खबर आएलगत्ति पाकिस्तानले बिरोध जनाएको हो। 

भारतीय संचार माध्यमका अनुसार अन्तरिक्षतर्फ पठाईएको रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका छन। ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन् ।      

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि हो भनेका छन। यसअघि पनि भारतले गत वर्षको फेब्रुअरी महिनामा पीएसएलवी–सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो ।

पाकिस्तानको बिरोध 

भारतले अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको प्रति पाकिस्तानले कडा आपत्ति जनाएको छ। भारतले अन्तरिक्षमा रकेट प्रक्षेपण गरेकाले यसले क्षेत्रीय रणनीतिक स्थिरतामा नकरात्मक प्रभाब पर्ने भन्दै पाकिस्तानले बिरोध जनाएको भारतीय संचार माध्यमले जनाएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved