एउटा जिल्लाभन्दा सानो राष्ट्र इजरायल यसरी बन्यो ‘शक्तिशाली’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 05:13:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रथम विश्वयुद्धभन्दा अघि प्यालेस्टाइन अट्टोमन साम्राज्यको एउटा जिल्ला थियो । तर प्रथम विश्वयुद्धमा अट्टोमन साम्राज्यले बेलायत र उसका सहयोगी मुलुकहरुबाट हार व्यहोर्नु परेको थियो ।

त्यस हारपछि प्यालेस्टाइन बेलायतको नियन्त्रणमा आयो । तर, यसपछि समस्या अरु जटिल बन्यो । त्यस इलाकामा अरबीहरु बस्दथे र यहूदीहरु पनि त्यहीँ बस्न चाहन्थे ।

हजारौ वर्ष अघिदेखि त्यस इलाकासँग यहूदीहरुको ऐतिहासिक र धार्मिक सम्बन्ध रहँदै आएको छ । उनीहरु प्यालेस्टाइन इलाकामा बस्न आफूहरुसँग ईश्वरबाट हक प्राप्त भएको विश्वास गर्दछन् । २०औं शताब्दीको शुरुवातमा हजारौं यहूदीहरु इजरायल बन्नअघि नै त्यस इलाकामा आउन शुरु गरेका थिए ।

यूरोप र रुसमा यहूदीहरुले यहूदी भएकै कारणले घोर यातना भोगिरहेका थिए । दोस्रो विश्वयुद्धमा नाजीको अत्याचारपछि पनि धेरै संख्यामा यहूदीहरु त्यस इलाकामा आएका थिए ।

त्यतिमात्र नभएर अरब मुलुकहरुमा पनि यहूदीमाथि अत्याचार भएको थियो । दोस्रो विश्वयुद्धपश्चात बेलायतले प्यालेस्टाइन इलाकाको निर्णय गर्ने जिम्मा संयुक्त राष्ट्रसंघलाई दिने फैसला गर्‍यो ।

संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई राष्ट्रमा बाँड्ने सुझाव दियो । अरब र यहूदीको फरक राष्ट्र बनाउनको लागि दिइएको उक्त सल्लाहलाई अरबीहरुले स्वीकार गरे भने यहूदीहरुले त्यसैसमय त्यसलाई स्वीकार्दै आफ्नो हिस्साको क्षेत्रलाई इजरायल घोषणा गरिदिए । अमेरिकी राष्ट्रपतिले पनि त्यसैसमय इजरायललाई मान्यता दिए ।

तर इजरायलको घोषणा लगत्तै युद्ध शुरु भयो । महिनौंसम्म चलेको त्यस युद्धलाई रोक्न इजरायल र अरब राजी भए । अन्तत इजरायललाई एउटा राष्ट्रको रुपमा अन्तराष्ट्रिय स्तरको मान्यता मिल्यो ।

इजरायल पूर्वी भूमध्य सागरको अन्तिम भागमा अवस्थित छ । यसको दक्षिण भाग रेड समुद्रसम्म । पश्चिममा यो मिश्रसँग जोडिएको छ र पूर्वमा जोर्डनसम्म । लेबनान यसको उत्तरमा पर्छ र सिरिया उत्तर पूर्वमा ।

अहिलेसम्म प्यालेस्टाइन कुनै राष्ट्रको अस्तित्वमा छैन तर ऊ पश्चिमी तट र गाजापट्टीलाई मिलाएर एक अलग राष्ट्र बनाउन चाहन्छ । इजरायल र प्यालेस्टाइन दुवै जेरुश्लेमलाई आफ्नो राजधानी बनाउन चाहन्छन् ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुश्लेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । तर संयुक्त राष्ट्रसंघको आमसभाले र संसारका धेरैजसो राष्ट्रहरुले त्यसलाई खारेज गरेको छ ।

इजरायल १९४८ मा स्थापना भएको थियो । ६९ वर्ष पुगेको इजरायल क्षेत्रफलको आधारमा एकदमै सानो छ । त्यहाँको जनसंख्यापनि लगभग ८५ लाख मात्र छ । खनिज स्रोतको आधारमा पनि यो एकदमै गरिब छ । यी सबैको बावजूदपनि इजरायलको प्रविधि र सैन्य क्षमताको उदाहण विश्वभरी नै कायम छ ।

जेरुश्लेम पोस्टका पूर्व सम्पादक याकोव कात्जले ‘द वपेन विजार्ड्सः हाउ इजरायल बिकम अ हाई टेक मिलिटरी सुपरपावर’ नामक पुस्तक लेखेका छन् । त्यस पुस्तकमा इजरायल स्थापनाको करिब दुई वर्षपछि १९५० मा पहिलो व्यवसायिक प्रतिनिधिमण्डल दक्षिण अमेरिका पठाइएको बताइएको छ । पुस्तकमा लेखिएअनुसार त्यस समय इजरायललाई व्यापार सहयात्रीको आवश्यकता थियो । त्यतिबेला उसँग कुनै प्राकृतिक संशाधन थिएन जसबाट उसले आफ्नो अर्थव्यवस्थालाई आकार दिनसक्थ्यो । उसँग न तेल थियो न त कुनै खनिज सम्पदा ।

पुस्तकका अनुसार प्रतिनिधिमण्डलले धेरै बैठकहरु गरे तर सबैले उसको खिल्ली उडाए । इजरायल त्यससमय सुन्तला, मट्टीतेलको स्टोभ र नक्कली दाँतहरु बेच्ने प्रयास गरिरहेको थियो । अर्जेन्टिनाजस्तो मुलुकमा सुन्तलाको प्रशस्त उत्पादन थियो त्यहाँ बिजुलीको पनि कुनै कमि थिएन । यस्तो अवस्थामा उसले सुरुवाती समयमा के निर्यात गर्दथ्यो भन्ने कुराको कल्पना छ । आजको समयमा इजरायल ‘हाई टेक’ सुपरपावरमा गनिन्छ । इजरायल संसारभरी आधुनिक हतियार बेच्नमा अगाडी छ । हरेक वर्ष करिब १० अर्ब ४० करोड अमेरिकी डलरको हतियार बेच्छ ।

१९८५ सम्म इजरायल संसारभरीको सबैभन्दा ठूलो ड्रोन निर्यातक राष्ट्र बन्यो इजरायल । उसका ड्रोनको ६० प्रतिशत कब्जा विश्वबजारमा थियो । २०१० मा पाँच नेटो राष्ट्रले अफगानिस्तानको आकाशमा उसकै ड्रोन उडेको देखिन्थ्यो ।

यसरी ७० वर्षको आयुपनि पुरा नगरेको मुलुकले यसरी आधुनिक हातहतियार तथा सैन्यशक्ति तयार गर्नुको पछाडी उसकै राष्ट्रिय संरचना रहेको छ । पहिलो कुरा त यो हो कि सानो मुलुक भएपनि इजरायलले आफ्नो कुल ग्राह्यस्थ उत्पादनको साढे चार प्रतिशत अनुसन्धानमा खर्च गर्छ । इजरायलले हरेक नागरिकलाई सेना बनाउँछ भन्ने हल्ला पनि सुनिने गरिन्छ । त्यहाँका हरेक नागरिकहरुले सेनामा सेवा दिनुपर्छ । पश्चिमी मुलुकहरु मध्यपूर्वमा बसोबासका लागि इजरायललाई सबैभन्दा सुरक्षित मुलुक मान्दछन् ।

यावकोवका अनुसार सन् २००० मा इजरायली एयरफोर्सको पहिलो अपरेशनमा उसले एरो मिसाइल बेट्री पाएको थियो । त्यही अपरेशन प्रणालीसँगै इजरायल संसारको पहिलो राष्ट्र बन्यो जसले शत्रु राष्ट्रको क्षेप्यास्त्रलाई बाटैमा नष्ट गर्ने क्षमता प्राप्त गरेको थियो । इजरायलको त्यो एरोको विचार आफैमा एकदमै कमालको थियो ।

१९८९ मा इजरायलले पहिलोपटक अन्तरिक्षमा जासूसी उपग्रह छोडेको थियो । त्यसपश्चात उ स्वतन्त्ररुपमा उपग्रह प्रक्षेपण गर्ने क्षमता भएको ८ मुलुकहरुमा समावेश भएको थियो । अहिले उ यस मामिलामा यति अगाडी पुगेको छ कि हाल अन्तरिक्षमा उसको आठौं जासूसी उपग्रह छ ।

इजरायल संसारभरी आफ्नो मर्कावा ट्यांकको लागि पनि परिचित छ । यसलाई आइडिएफ यानी इजरायली डिफेन्स फोर्समा १९७९ मा समावेश गरिएको थियो । यसलाई पूर्णरुपमा घरमा नै विकसित गरिएको थियो । आइडिएफमा करिब १ हजार ६ सय ट्यांकहरु छन् । उसको एयरफोर्ससँग एफ १५ एल थण्डर लडाकू विमान छ ।मध्यपूर्वमा एफ १५ एल लाई एकदमै घातक विमान मानिन्छ ।

पुरै संसारमा इजरायल, हङकङ र दक्षिण कोरियाको अर्थव्यस्थालाई सबैभन्दा स्थिर मानिन्छ । इजरायलको कुल जिडिपि करिब ५ सय ९ अर्ब ९२ करोड डलर रहेको छ र आर्थिक वृद्धिदर लगभग चार प्रतिशत छ । वासिङटनस्थित संस्था आर्म्स कन्ट्रोल एसोसिएसनको ताजा प्रतिवेदनको अनुसार इजरायलसँग कुल ८० परमाणु हतियार छ । -बीबीसी हिन्दीको सहयोगमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved