अन्तत: झुक्यो भारत, स्वराज फर्केलगत्तै भारतीय विदेश मन्त्रालयले निकाल्याे यस्ताे बिज्ञप्ति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 06:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई दिने भ्रमणमा विहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्केकिछन्। विहिबार अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले करिब २३ घण्टा नेपालमा बिताइन्। 

नेपालको संबिधान अपूर्ण रहेको भन्दै नाकाबन्दी लादेको भारतले स्वराजको स्वदेशी फिर्तिसंगै आफ्नो धारणा परिवर्तन गरेको छ। भारतले नेपालको नयाँ संबिधानलाई संस्थागत गर्न भएका निर्वाचनप्रति बधाई दिदैँ नेपालमा आगामी बन्ने सरकारसंग काम गर्न आतुर रहेको बताएको छ। 

आफ्नो विदेश मन्त्री स्वराजको नेपाल भ्रमणबारे जारी बिज्ञप्ती जारि गर्दै भारतले नयाँ बन्ने सरकारसंग नयाँ उचाईमा द्धिपक्षीय हितका लागि काम गर्न इच्छुक रहेको बताएको छ। 

स्वराज स्वदेश फर्के लगत्तै जारि भएको बिज्ञप्तीमा नेपालको प्रजातान्त्रिक अभ्यासमा कोसे ढुंगाको रुपमा रहेको नेपालले तीन चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा स्वराजले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको उल्लेख छ।

बिज्ञप्तीमा भनिएको छ, विदेश मन्त्री स्वराजले सबै राजनीतिक दलका नेताहरुलाई भारत सरकार लोकतान्त्रिक ढंगबाट निर्वाचित नयाँ बन्ने सरकारसंग नयाँ उचाईमा द्धिपक्षीय हितका लागि काम गर्न इच्छुक रहेको बताइएको छ। साथै भारत नेपालको आर्थिक विकाशका लागि हातोमालो गर्न तयार रहेको बिज्ञप्तीमा उल्लेख छ। 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved