पाकिस्तानलाई 'आतंकबादी राष्ट्र' घोषणा गर्न अमेरिकी संसदमा बिधयेक दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2016 | 01:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कश्मिरलाई लिएर भारत -पाकिस्तानबिच युद्दको संकेत देखिरहेको बेला अमेरिकी संसदमा पाकिस्तानलाई 'आतंकबादी राष्ट्र' घोषणा गर्न अमेरिकी संसदमा बिधयक दर्ता भएको छ  । संयुक्त राष्ट्र संघको महासभामा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले सम्बोधन गर्ने कार्यक्रम अघि समेरिकी संसदमा यस्तो विधयेक दर्ता भएको  हो   । संसदमा पछिल्लो समय भएको उरी हमलाको निन्दा समेत भएको थियो । उरी हमलामा १८ बह्रतीय सैनिकले ज्यान गुमाएका थिए ।  

रिपब्लिकन सांसद टेड पो ले अर्का सांसद डाना रोहराबेकरसंग त्यहाको संसद (हाउस अफ रिप्रेजेनटेटिभ)मा 'पाकिस्तान स्टेट स्पन्सर अफ  टेरररिज्म डेजिगनेशन एक्ट' (एचआर ६०६९ ) पेश गरेका हुन्। टेडले बिधयक दर्ता गर्दै पाकिस्तान भरोसा गर्न नहुने राष्ट्र भएको बताएका थिए । उनले पाकिस्तानले अमरिकाको दुश्मनलाई सहयोग गरेको बताउदै पाकिस्तानलाई दिईने रकम समेत रोक्नु पर्ने बताएका थिए  । 

बिधयक दर्ता भएसंगै राष्ट्रपति बराक ओबामाले ९० दिन भित्र  पाकिस्तानले आतंकवादलाई समर्थन गरेको छ कि छैन भन्ने प्रतिबेदन पेश गर्नु पर्ने छ । त्यसको ३० दिनपछि विदेश मन्त्रीले त्यसको फलो अप प्रतिबेदन पेश गर्नु पर्ने हुन्छ । त्यसमा पाकिस्तानले आतंकवादलाई समर्थन गरेको छ कि छैन भन्ने विस्तृत प्रतिबेदन हुन्छ । त्यसपछि संसदले यस बिषयमा निर्णय लिन्छ  ।  

यस अघि पनि पटक पटक पाकिस्तानलाई  आतंकबादी राष्ट्र घोषणा गर्ने बहस चलेको थियो । उता भारतले भने उरी हमलाको जवाफ दिने तयार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्  । त्यहाको सेनाले पाकिस्तान बिरुद्द आक्रमण गर्न आफुहरु सक्षम रहेको बताउदै समय र  स्थान छिट्टै तय हुने बताएको छ  ।

यदि भारतले आक्रमण गरे टी दुई फेरी युद्दमा जाने देखिन्छ  ।  

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved