चीनमा अर्काको सामाग्री चोर्ने ३९ सय वेबसाइट बन्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 08:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा अर्काको सामाग्री चोरी गर्ने ३९ सय बढी वेबसाइटलाई बन्द गरिएको छ। अर्काको समाचार, तस्बिर, भिडियो र अन्य विद्युतीय सामाग्री चोर्ने ३९०८ वेबसाइटलाई चिनियाँ सरकारले बन्द गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। 

समाचार अनुसार चिनियाँ प्रशासनले विभिन्न सरकारी विभागको सहयोगमा अनलाइन साहित्य, संगीत, भिडियो, गेम, एनिमेसन, सफ्टवेयरसँगै मोबाइल एप, क्लाउड स्टोरेज र ई-कमर्स प्लेटफर्मलाई निशाना बनाउँदै लगातार १३ वर्षसम्म यस कारबाहीलाई निचोडमा पुर्‍याएको हो। 

चीनको कपीराइट निगरानी संगठनले पछिल्लो पाँच वर्षमा कपीराइट उल्लंघनको मामिलामा कडा कारवाही गर्ने क्रममा ३९०८ वटा वेबसाइट बन्द गरिदिएको हो। राष्ट्रिय कपीराइट प्रशासनले देशभरमा २२,५६८ पाइरेसीका मामिलाको अनुसन्धान गरेर ६० लाख भन्दा धेरै पाइरेटेड प्रकाशनलाई हटाइदिएको हो ।

चिनियाँ प्रशासनले जनाए अनुसार अनलाइन कपीराइट उल्लंघन गर्नेलाई कडा कारबाही गरेपछि कपीराइट सुरक्षाबारे मानिसमा जागरुकता बढेको पनि जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved