सिरिया संकट: अन्तराष्ट्रिय स्वार्थ र शक्ति रुपान्तरणको लडाइँ, ८ बर्षदेखिको पृष्ठभूमि सहित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 06:59:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिरियामा संघर्ष र त्यहाँको नरसंहारले नेपाल लगायत बिश्व समुदायको ध्यान खिच्न धन्नै ८ बर्ष लाग्यो। प्राकृतिक तेलको भण्डार पछि सिरियालाई सुन्दर देशको रुपमा लिईन्छ। 

पुरातात्त्विक धरोहरको रुपमा चिनिने सिरिया आज विश्व माझ द्वन्द्व, युद्ध र गोलाबारुदको पर्याय बनेको छ। भूमध्यसागरको पूर्वी सिमानासँग जोडिएको सिरियाले पश्चिमतर्फ लेबनान र इजरायललाई छुन्छ। उत्तरमा टर्की, पूर्वमा इराक र दक्षिणमा जोर्डनसँग जोडिएको सिरिया समुद्र तटीय पर्वतमालायुक्त सुन्दर मुलुक हो ।       

सन २०११ मार्चमा केहि युवाहरुको समुहले त्यहाँको असद सरकारबिरुद्द निकालेको शान्तिपूर्ण र्याली माथि दमन भए पश्चात सुरु भएको त्यो आगोको ज्वाला आज युद्दभुमिमा रुपान्तरण भएको छ। सिरियाको अवस्था 'भाई फुटे गवार लुटे' भन्ने उखान जस्तै भएको छ। 

आफ्नो बिरासत गुम्ने डरले आफ्नै जनता माथि दमन गरेका सिरियाका राष्ट्रपति असर अल असदले पनि सायद आजको सिरियाको कल्पना गरेका थिएनन होला। त्यो १३ बर्षिय युवालाई निर्मम तरिकाले गरिएको हत्याले सिंगो सिरियालाई पिरोल्छ भनेर सायदैले कल्पना गरेका थिए। 

साम्प्रदायिक लडाई 

सिरिया सुन्नी मुसलमान बाहुल्य राज्य हो तर त्यहाँ अल्पसंख्यकका रुपमा रहेका शिया समुदायका बसर अल असदको सरकार छ। शिया बाहुल्य  इरानको समर्थनमा सिरियाली सुन्नी मुसलमानलाई दमन गरेका असद त्यो बेला क्रुर बने जब उनलाई बिश्वको शक्तिशाली राष्ट्र मध्येको एक रुसको समर्थन मिल्यो।   

सिरियाली सरकारले दमन बढाउंदै गर्दा त्यहाँका सुन्नी मुसलमानहरुको बिद्रोही समुहलाई साउदी लगायतका देशले समर्थन गरे र सक्दो आर्थीक र हतियार सहयोग गरे। सिरियामा सधैं सुन्नी नेतृत्त्वको सरकार चाहने साउदीले सिरियाको आन्तरिक युद्दलाई एउटा अवसरको रुपमा लियो र उसले सिरिया सरकार बिरुद्दको लडाईलाई चर्काउन सकेको ताकत लगायो र लगाउदैछ।  

त्यसै क्रममा सुन्नी मुसलमान मध्यकै क्रूद समुहले पनि आफ्नो छुट्टै अस्तित्व चाह्यो। यसरि सिरियालि जनता सिया, सुन्नी र क्रूद गरि तिन अलग अलग सम्प्रदायमा बाँडिए। 

सिया समुदायका राष्ट्रपति असदको सरकारलाई हिजबुल्लाह र इरानको साथ छ भने सरकारको बिरोधमा उत्रिएको बिद्रोही समुहलाई अरब मुलक र  आइएसआईएसको साथ छ। 

सिरिया सरकारको तर्फबाट सिरियामा 'सिरियन आर्म्ड फोर्स', 'सिरियन अरब आर्मी', र 'रिपब्लिकन गार्ड'को सहभागिता छ भने विद्रोही पक्षबाट 'सिरियन नेशनल आर्मी', 'सिरियन लिबरेसन फ्रन्ट', 'आर्मी अफ इस्लाम', 'इस्लामिक युनियन अफ द सोल्जर्स अफ लिभेन्ट', 'फ्री सिरियन पुलिस' जस्ता हतियारधारीहरूको समूह रहेको छ ।  

शक्तिशाली राज्यको शक्ति प्रदशन र इगो

साम्प्रदायिक बिभाजनलाई छिमेकी मुलुक र विश्वका शक्तिशाली राष्ट्रहरुले शक्ति प्रदशनको गतिलो आधार बनाए। सिरिया सरकारलाई इरान र रुसको बलियो साथ छ भने बिद्रोही समुहलाई अरब मुलुक र अमेरिकाको बलियो साथ छ। 

शक्ति रुपान्तरणको आधार खोज्दै इजरायल    

सिरिया संघर्षमा पर्दा पछाडीका खेलाडीहरुको अहम भुमिका रहेको छ। झट्ट हेर्दा सिरियामा त्यहाँको सरकार र सरकार बिरोधि समुहबीचको लडाई देखिन्छ। तर यथार्थ भने धेरै फरक छ। 

अमेरिकाले आफ्नो शक्ति प्रदशन गर्न साउदीलाई प्रयोग गरेको स्पष्ट देखिन्छ तर अमेरिका त्यहाँ किन प्रयोग भईरहेको छ भन्ने स्पष्ट देखिन्न। लेबनानमा आफु अनुकुल बनेको सरकारलाई टिकाई राख्न इजरायलले सिरियामा पछिल्लो पटक देखिने गरि नै हवाई आक्रमण गरेको छ।

इजरायलले आफुलाई प्रमुख दुश्मन मान्ने इरानलाई कम्जोर बनाउन सिरियामा असद सरकार गिराउन चाहन्छ। त्यहि इरान भने असद सरकारलाई टिकाउन चाहान्छ। सिरियाको बाटो हुँदै इरानले उता लेबनान सरकार बिरुद्द युद्द छेडेको हिजबुल्लाहलाई हतियार आपूर्ति गर्नुपर्ने बाध्यता छ। त्यसका लागि पनि हालको असद सरकार टिकाउन इरान लागि परेको छ भने उता लेबनानमा आफु अनुकुलको सरकार टिकाउन इजरायलले सिरियामा पकट जमाउन चाहन्छ। 

सतहमा अमेरिका देखिएपनि पर्दा पछाडी रहेर इजरायलले आफ्नो स्वार्थ पुरा गर्न लागि परेको विश्लेषण गरिएको छ। सोहि कारणले गर्दा इजरायलले सिरियामा जारि युद्दको सम्बन्धमा पछिल्लो पटक आफुले अब अमेरिकासंग नभई रुससंग वार्ता गर्ने बताएको थियो।

जसरि अमेरिकामा भएको ९-११ को घटनामा साउदीलाई देखाइएको थियो तर पछि उक्त घटनामा इजरायल सामेल भएको विवरण सार्वजनिक भएको थियो। त्यसैगरि भारतमा भएको मुम्बई आक्रमणमा समेत पाकिस्तानलाई देखाईएपनि हालै मात्र जर्मनीका एक पत्रकारले सार्वजनिक गरेको रिपोर्टमा मुम्बईको होटल ओबरायमा भएको घटनाको पछाडी इजरायलको हात भएको विवरण सार्वजनिक गरेका छन। सिरिया संघर्षमा सतहमा रुस, इरान र अमेरिका देखिएपनि केहि समय पश्चात पर्दा पछाडी इजरायल रहेको पुष्टि हुने विश्लेषण गरिएको छ।

बुँदामा हेर्नुस ८ बर्षदेखि जारि सिरिया संकटलाई   

मार्च २०१८ मा सिरिया संघर्षको ८ बर्ष पुरा हुन्छ। यसबीच, यो लडाईमा ४ लाख ६५ हजार भन्दा धेरै सिरियाली नागरिक मारिए। एक लाख भन्दा बढी घाइते भएका छन भने १२ लाख भन्दा बढी सिरियाली जनता आफ्नो घरबाट बेघर भएका छन। 

बिद्रोहको सुरुवात 

स्वतन्त्रता र आर्थिक संकटले सिरियालीमा असन्तुष्टि बढायो तर प्रदशनकारी बिरुद्दको कठोर कारबाही पछि नै जनता आन्दोलित बने। र यहीबाट आजको सिरियाको नरसंहारको कथा सुरु भयो।  

अरब स्प्रिङ:

सिरियामा सन २०११ मा सफल देखिएका बिद्रोही जो कुनै दिन अरब स्प्रिङको रुपमा चिनिन्थे। ट्यूनीशिया र इजिप्टको राष्ट्रपतीको सत्तालाई ढलाउन सफल यो समुहले सिरियामा स्वतन्त्रता चाहनेहरुको आशालाई बलियो बनायो। 

त्यो मार्चमा अरब स्प्रिङको समर्थनमा आवाज उठाएका १५ युवालाई पक्राउ गरियो र हिरासतमा राखियो। ति युवाहरुको शान्तिपूर्ण आन्दोलन माथि सिरिया सरकारको दमन पश्चात बिरोधका आवाजहरु गुन्जिन थाले। सिरिया सरकारले आन्दोलनमा उत्रेका १५ मध्ये एक १३ बर्षिय युवालाई क्रुरता पुर्व हत्या गर्यो र सिरिया संघर्षको बिजारोपण भयो। 

राष्ट्रपति बशर अल असदको नेतृत्त्वमा सिरियाको सरकारले सयौं प्रदशनकारीको हत्या र कयौंलाई जेल चलान गरि आन्दोलनकारीलाई कठोर जवाफ दियो। 

फ्री सिरियालि सेना 

जुलाई ११ मा सिरिया सरकारबाट सताइएका मानिसहरुले 'सिरियाली सेना' गठनको घोषणा गर्यो। एक यस्तो समय जसले असद सरकारलाई पुरै समाप्त पार्ने लक्ष्य राख्यो। र यहि समुहको गठन पश्चात नै सिरिया गृहयुद्दमा प्रवेश गर्यो।  

जबकी २०११ मा भएका धेरै जसो बिरोध गैर साम्प्रादायिक थिए। सशस्त्र संघर्षमा कट्टर साम्प्रादायिकबीचको विभाजन देखिन थाल्यो। बिद्रोही समुहमा अधिकांश अरादी सुन्नी मुसलमान छन तर सिरियाको सुरक्षा प्रतिष्ठानमा अलिवी सम्प्रदायका सदस्यको वर्चस्व छ, जस मध्ये सिरियाका राष्ट्रपति अल असद एक सदस्य हुन।    

१९८२ मा बसरका बुवाले हमा मा सुन्नी मुस्लिमहरुको समुह 'मुस्लिम ब्रदरहुड' माथि सैनिक कारबाहीको आदेश दिए। जहाँ हजारौं मानिसहरुको हत्या गरियो र ठुलो संख्यामा मानिसहरुलाई गायब गराइयो। 

भनिन्छ, २०११ को ग्लोबल वार्मिंगले २०११ को बिद्रोह दबाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। सिरिया २००७ देखि २०१० सम्म गम्भीर संकटमा फस्यो। जहान करिब १५ लाख सिरियाली नागरिक ग्रामिण क्षेत्रबाट शहरी इलाकामा बसाई सरे र गरिबी र सामाजिक अशान्तिको रेखा तोडे।   

अन्तराष्ट्रिय सहभागिता

सिरियाको गृहयुद्धमा बिदेशी समर्थन र खुला हस्तक्षेपले ठुलो भूमिका निर्वाह गरेको छ। रुसले २०१५ मा संघर्षमा प्रवेश गर्यो र त्यो समयदेखि असद सरकारको मुख्य सहयोगी रहँदै आएको छ। 

क्षेत्रीय अभिनेता

शिया बाहुल्य इरान र इराक सरकारहरु र लेबनान आधारित हिजबुल्लाहले अल असदको समर्थन गरिरहेका छन। जबकी टर्की, कतार र साउदी अरब सहित सुन्नी बाहुल्य देशहरुले असदको बिरोधमा उत्रिएका बिद्रोहीहरुलाई समर्थन गर्दै आएका छन। 

सन २०१६ पछि टर्की आर्मीले इस्लामिक स्टेट अफ इराक र लेभेंट (आईएसआईएल, जसलाई आइएसआईएस पनि भनिछ) को बिरुद्दमा कयौं युद्द गरेको छ साथै अमेरिकाद्वारा समर्थित कुर्द बिद्रोही समुह बिरुद्द पनि टर्कीले युद्द छेडेको छ।  

बिरोधि आइएसआईएल गठबन्धन:

अमेरिकाले २०१४ पछि असदको विपक्षमा उत्रिएको बिद्रोही समूहलाई हतियार र आर्थिक सहयोग गर्दै असद सरकार र अन्तर्राष्ट्रिय गठन्धन आइएसआईएल बिरुद्द युद्द छेडेको छ। 

इजरायलले सिरिया भित्र कयौं पटक हवाई आक्रमण गरिसकेको छ। इजरायलले हिजबुल्लाह, सरकार र सरकार समर्थक बिद्रोही समूहलाई लक्षित गरि आक्रमण गरिरहेको छ। इजरायलले यहि फेब्रुअरी २०१८ मा पहिलो पटक देखिने गरि सिरियामा हवाई आक्रमण गरेको हो।   

अमेरिका र रुस 

अमेरिकाले पटक पटक रुसले समर्थन गर्दै आएको असद सरकारको बिरोध गर्दै आएको छ तर आफुलाई पूर्णरुपमा युद्दमा सामेल गरेको छैन। 

रासायनिक रातो रेखा:

पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले चेतावनी नै दिएका थिए कि सिरियामा रासायनिक हतियारको आक्रमणको प्रयोग एक 'रातो रेखा' हुनेछ जो सैनिक हस्तक्षेपको संकेत दिनेछ। 

अप्रिल २०१७ मा अमेरिकाले सिरियाको वायुसेनाको क्याममा ५९ टामहाँक क्रुज मिसाइलद्वारा आक्रमण गरेर असदको सेनाको बिरुद्द आफ्नो पहिलो सैनिक आक्रमणको सुरुवात गरेको थियो। जहाँ स्वयम् अमेरिकी अधिकारिहरुले खान शेंखु मा एक रासायनिक आक्रमण भएको बताएका थिए तर यसको अहिलेसम्म औपचारिक रुपमा पुष्टि भएको छैन। 

सीआईए प्रशिक्षण:

सन २०१३ मा सीआईए ले अल असदको बिरोधमा एक गुप्त अभियान सुरु गरेको थियो। यस अभियान अन्तर्गत असद सरकारबाट भागेर गएका बिद्रोही आर्मी, प्रहरी र केहि बिद्रोही समुहमा सामेल व्यक्तिहरुलाई तालिम, आर्थिक सुरक्षा दिएको थियो। तर पछि ५ अर्ब खर्च गर्दा मात्र ६० जना प्रशिक्षित भएको खुलासा भएको थियो।  

रुसको अभियान:

सेप्टेम्बर २०१५ मा रुसले सिरियामा 'आतंकबादी समूहहरु' को रुपमा परिचित समुहहरु बिरुद्द गोलाबारी र बम आक्रमणको अभियान नै चलाएको थियो। जसमा आइएसआईएल र अमेरिकाद्वारा समर्थित असिदा असद बिद्रोही समुह समेत सामेल छ। रुसले असद सरकारलाई बचाउनका लागि सैनिक सल्लाहकारहरुलाई तैनाथ गरेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुस र चीनले पटक पटक सिरिया माथि पश्चिमी समर्थित प्रस्तावहरुलाई विटो दिएको छ।  

शान्ति वार्ता 

सिरियामा एक सैन्य युद्दबिराम र राजनीतिक परिवर्तन हासिल गर्नका लागि सिरियाको सरकार र विपक्षीबीच शान्ति वार्ता जारि छ तर अहिलेसम्म कुनै पनि वार्ताले सिरिया नरसंहारलाई कम गर्न सकेको छैन। 

जेनेभा

जुन २०१२ मा जेनेभा, स्विट्जरल्यान्डमा सिरियाको सरकार र विपक्षी प्रतिनिधिहरुविच संयुक्त राष्ट्रद्वारा पहिलो पटक वार्ताको पहल भयो। त्यस्तै डिसेम्बर २०१७ मा भएको वार्तामा एक संक्रमणकालीन सरकारमा अल असदको भविष्यको भूमिकाको बारेमा बयान दिने बिषयमा सरकार र विपक्षी प्रतिनिधिबीच अन्तिममा छलफल बिना निष्कर्ष सकियो।  

सन २०१४ मा स्टीफन डी मिस्तुराले कोफी अन्नानलाई सिरियाका लागि संयुक्त राष्ट्रको बिशेष दुतको रुपमा स्थान दिए। जसमा सिरिया र रुसी लडाकु जेट विमानको उडान हुने विश्वास थिएन। 

सोची

जनवरी २०१८ मा रुसले सोचीको कालोसागर शहरमा सिरियाको भविष्यको बारेमा छलफल गर्यो तर संयुक्त राष्ट्रको प्रयासलाई असफल पार्न खोजिएको दाबि गर्दै विपक्षी दलले सम्मेलन नै बहिष्कार गर्यो। 

बिद्रोही समुह 

संघर्ष सुरु भएपछी असद सरकार बिरुद्द एक सिरियाको बिद्रोहीको रुपमा कयौं नयाँ बिद्रोही समूहले सिरियाको लडाईमा सामेल भए र अधिकांश समय यी समुहहरुबीच नै एक अर्कासंग लडाई हुँदै आएको छ। 

फ्री सिरियालि सेना (एफएसए) सन २०११ मा गठन भएको शसस्त्र बिग्रेडको समुह हो, जो संयुक्त राज्य, टर्की र केहि खाडी देशको समर्थनमा  सिरियाली सेना र नागरिकहरुबाट तयार गरिएको हो।  

डिसेम्बर २०१६ मा सिरियाको सेनाले बिद्रोही बिरुद्द आफ्नो सबै भन्दा ठुलो जित हासिल गर्यो। जब उसले अलेप्पो नजिकको शहरलाई पुन:कब्जा गर्यो तब (फ्री सिरियाली सेना) एसएसए ले उत्तर पश्चिमी सिरियामा सिमित क्षेत्र मा नियन्त्रण पायो। जनवरी २०१८ मा यो समुह टर्कीसंग स्वसाशनको खोजिमा कुर्द सेनाहरुसंग अफविण लाई कब्जा गर्नका लागि लडी रहेको थियो।   

इराकको ठुलो हिस्सामा संघर्ष समाप्त गरेपछि २०१३ मा उत्तरी र पूर्वी सिरीयामा आइएसआइएल को जन्म भयो। यस समूहले क्रुर मनसायलाई अन्जाम दिनका लागि अन्तर्राष्ट्रिय स्तरमा कुख्यात र संसार भरका सेना तथा युवाहरुलाई भर्तिका लागि आब्हान गर्दै सोसियल मिडियामा आफ्नो पकट बनाउन सक्षम भयो।  

सिरियामा लडीरहेका अन्य समुहमा जबात फतेह अल-शाम, इरानको समर्थक हिजबुल्लाह र कुर्दिप पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) द्वारा सिर्याली लोकतान्त्रिक समुह (एसडीएफ) वर्चस्व छ। 

आजको स्तिथि 

सिरियामा आज पनि मुख्यतया दुई समुहको लडाई जारि छ। 

पूर्वी घाउटा:

फेब्रुअरी २०१८ मा रुसी युद्दपोतद्वारा समर्थित सिरियाली सरकार समुहले पूर्वी घौटामा गोलाबारी र बम आक्रमण बढायो। जसको परिणामस्वरूप हजारौं नागरिकको मृत्यु भयो। 

पूर्वी घौटा २०१३ पछि घेरामा छ र राजधानी दमास्क नजिकको पछिल्लो बाँकी भाग बिद्रोहीहरुको अखडा हो। 

अमेरिकाले सिरियाली सरकारलाई राशयानिक हतियारको प्रयोग गरेको आरोप लगायो। तर त्यसको पुष्टि भने अहिलेसम्म गर्न सकेको छैन। 

अफ्रिन:

टर्की र फ्री सिरियन सेना (एफएसए) बाट जनवरी २०१८ मा अफगानिस्तानको नजिक उत्तर पश्चिमी सिरियामा वाईपीजी को बिरुद्द एक सैनिक अभियान सुरु भयो। सरकार समर्थित समुहले पनि त्यहाँको लडाईमा भाग लिएको छ। 

यसको साथ साथै उत्तर पश्चिमी सिरियामा ह्यात ताहिर अल-शाम बिद्रोहीले ३ फेब्रुअरिमा इडलिबको निकट एक रुसी युद्दपोतमा आक्रमण गरेको जिम्मेवारी लियो। 

सिरियाली शरणार्थी 

दोस्रो बिश्वयुद्दको तुलनामा लामो समय देखि चलेको लडाईमा सिरियामा युद्दरत देशहरुको सिमानाहरु मा गहिरो प्रभाब परेको छ। सिरियामा आफ्नो घर छोडेर र भविष्यको सुरक्षाको खोजीमा गएकाहरुको ठुलो संख्यामा सिमानामा अस्थायी वासस्थान बनाएका छन। 

फेब्रुअरी २०१८ सम्म संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) ले सिरीयाबाट ५५ लाख शरणार्थीको पहिचान गरेको थियो र सिरियाको सिमानामा करिब ६५ लाख विस्थापित भएको अनुमान छ। 

लेबनान, टर्की र जोर्डनले सिरियाली शरणार्थीहरुलाई अस्थायी वास दिएका छन। त्यहिबाट कयौं सिरियाली नागरिक सुन्दर भविष्यको खोजीमा युरोप जाने प्रयास गर्छन। 

सन १९५१ मा शरणार्थीको स्थितिसंग सम्बधित जेनेभा सम्मेलनले कुनै पनि व्यक्तिको रुपमा एक शरणार्थीको ब्याख्या गरेको छ। 'बंश, धर्म, राष्ट्रियता, कुनै बिशेष सामाजिक समुह या राजनीतिक आस्थाका कारण सताईएका कारण उसको राष्ट्रियताको देश असमर्थ छ या यस प्रकारको डरका कारण त्यो देशको सुरक्षा लिनका लागि तयार छैनन' लाई शरणार्थी भनिएको छ।  

२०१७ मा करिब ६६ हजार शरणार्थी सिरियामा फर्केका छन्। रिपोर्टका अनुसार सिरियाको ठुलो हिस्सा खण्डहरमा परिवर्तन भएको छ र त्यहाँका केहि बचेकाहरुमा युद्दको ठुलो प्रभाब परेको छ। त्यसैले युद्द पश्चात पनि सिरियाको पुनर्निर्माणका लागि एक लामो तर कठिन प्रक्रिया हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved