EXCLUSIVE: पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी सोमबार नेपाल आउंदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 09:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी नेपाल भ्रमणमा आउने भएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन २१ फागुनमा अब्बासी नेपाल आउन लागेको जनाइएको छ। 

प्रधानमन्त्री केपी ओलीलाई बधाई दिने अब्बासी भ्रमणको मुख्य उदेश्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री नेपालमा रहंदा उच्चस्तरीय भेटवार्ता हुने स्रोतको भनाई छ।  

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिएपछि अब्बासी प्रधानमन्त्री बनेका थिए। पछिल्लो पटक सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका क्रममा प्रधानमन्त्री सरिफले नेपाल भ्रमण गरेका थिए। सरिफ पनामा पेपर्स काण्डमा मुछिएपछि प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved