चीननीति फेर्दै भारत, आफ्ना मन्त्रीहरुलाई दियो यस्तो निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 03, 2018 | 05:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

दलाई लामाले अरूणाञ्चल प्रदेश भ्रमण गरेपछिको ११ महिनामा चीनसँगको द्रिपक्षीय सम्बन्ध सुधारमा भारतले व्यापक सुधार गरेको छ। यसै  अन्तर्गत हालै मात्र भारतले आफ्ना मन्त्रीहरु तथा वरिष्ठ सरकारी अधिकारीहरुलाई तिब्बती निर्वासित नेता दलाई लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन नै दिएको छ। 

भारतीय विदेश सचिब विजय गोखलेले आगामी दुई महिना चीनसंगको सम्बन्ध निकै सम्बेदनशिल रहेकाले दलाइ लामासंग सम्बन्धित कुनै पनि कार्यक्रमबाट बच्न आफ्ना मन्त्रि तथा अधिकारिहरुलाई आग्रह गरेका हुन।

दलाई लामाको निर्वासित तिब्बती सरकारले मार्च र अप्रिल महिनाभर ६० अाैं वर्षगाँठ मनाउँदैछ। सो उपलक्षमा भारतका विभिन्न सहरमा धेरै कार्यक्रम आयोजना हुँदैछन्। लामा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन्। उनले त्यहीँबाट निर्वासित सरकार चलाउँदै अाएका छन्। 

एघार महिना पहिले दलाई लामाको अरूणाञ्चल प्रदेश भ्रमण कै कारण चिढिएको चीनलाई मनाउन पछिल्लो समय भारतले चीनप्रति नरम नीति लिएको छ। विदेश सचिब गोखले लामाको कुनै पनि कार्यक्रममा सहभागी नहुन आफ्ना मन्त्रीहरुलाई दिएको निर्देशनलाई भारतको नरम नीतिका रुपमा बुझिएको छ। 

गत बर्ष अप्रिल ४ देखि अप्रिल १२ सम्म दलाई लामाको अरूणाञ्चल प्रदेशको भ्रमणले चीनलाई कुटनीतिक र सैन्य कदम चाल्न उक्साएको बुझाई छ। जस कारण २०१७ सम्म कायम सम्बन्धमा प्रतिकुल प्रभाब परेको विश्लेषण गरिएको छ। भारतले तिब्बती धार्मिक नेता भन्ने गरेका लामालाई चीनले भने पृथकतावादी नेता मान्छ। 

सन २०१७ सम्म शान्त रहेको चीन दलाई लामाको अरूणाञ्चल प्रदेश भ्रमण कै कारण भारतप्रति रुष्ट बनेको छ। त्यसै कारण दोख्लम विवाद उत्पन्न भएको बताइन्छ। प्रधानमन्त्री मोदी सरकार पछिल्लो समय क्षेत्रीय राजनीतिमा गुम्दै गएको आफ्नो पकड फिर्ता पाउन संघर्ष गरिरहेको छ। त्यसैकारण बिगतमा झैँ भारत अब दलाई लामालाई बोकेर हिड्न अनिच्छुक देखिएको विश्लेषण गरिएको छ।       

    

 स्रोत:

Government asks to skip Dalai Lama events, attempts to mend fences with Beijing



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved