कतारको सत्ता पलटको प्रयासमा नेपालको दरबार हत्या काण्डको 'झल्को', मिसन फेल भएपछी नाकाबन्दी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 05:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा सत्तापलटको असफल प्रयास भएको खुलासा भएको खुलासा भएको छ। कतारमा २२ बर्ष अगाडी साउदी नेतृत्वमा सत्तापलटको असफल प्रयास भएको त्यहाँको सरकारी मिडिया अल जजिराले रिपोर्ट सार्वजनिक गरेको हो।

नेपालमा २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डलाई 'झल्को' दिने गरि भएको सत्ता पलटको असफल प्रयास सम्बन्धमा अल जजिराले वृत्तचित्र नै सार्वजनिक गरेको छ। 

स्वर्गीय राजा विरेन्द्र शाहको वंश बिनाश हुनेगरी भएको दरबार हत्याकाण्डमा कसको संलग्नता छ भने आधिकारिक रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। तर अलजजिराले २२ बर्ष अगाडी साउदी, दुबई र बहराइनबाट कतारको तत्कालिन राजा अमिर शेख हमाद बिन खलिफा अल थानीको सत्ता पलट गर्ने प्रयास भएको खुलासा गरेको छ। 

अलजजिराले सार्वजनिक गरेको वृत्तचित्रमा छिमेकी राष्ट्रहरुले सन १९९६ मा कतारको राजसंस्थालाई हटाएर आफ्नो शासन स्थापित गर्न प्रयास गरेको देखाइएको छ। उक्त वृत्तचित्रलाई 'अप्रेशन अबु अलि' नाम दिईएको छ।

कतारका तत्कालिन राजा अमिर शेख हमादले राजगद्धी सम्हालेको बर्ष दिन बित्न नपाउदै छिमेकी साउदी लगायतका देशले कतारको राजसंस्था सिध्याएर शासन हत्त्याउने प्रयास गरेको वृत्तचित्रमा उल्लेख छ।

१४ फेब्रुअरी १९९६ को रमजान महिनामा साउदी नेतृत्वमा 'कु' प्रयास भएको सार्वजनिक दस्तावेजमा उल्लेख छ। कतारका तत्कालिन राजा अमिर शेख हमादले राजगद्धी सम्हालेको बर्ष दिन नपुग्दै गरिएको 'कु' प्रयास कसरी असफल भयो भन्ने समेत खुलासा भएको छ। 

साउदी लगायतका देशहरुले कतारका तत्कालिन राजा हमादका कान्छा बुवा शेख हमद बिन जसिम बिन हमद अल थानीसंग मिलेर यो षडयन्त्रलाई अन्जाम दिएका थिए, रिपोर्टमा उल्लेख छ। 

यो योजना सफल बनाउन एक समिति गठन गरिएको थियो। संयुक्त अरब इमिरेट्सका अबु धाबीका वर्तमान राजकुमार शेख मोहम्मद, बहराइनका राजकुमार शहर हमद, साउदीका तत्कालिन रक्षा मन्त्रि शेख सुल्तान, इजिप्टका पुर्व उपराष्ट्रपति उमेर सुलेमान उक्त समितिमा थिए। 

'एक समुहलाई शेख हमद बिन खलिफा (कतारका तत्लाकिन राजाका कान्छा बुवा) को घरमा छापा मार्ने र त्यसलाई घेराउ गर्ने आदेश दिईएको थियो, जो अल रियान रोड (दोहा) मा छ' सत्ता हत्त्याउने योजनामा सामेल एक व्यक्तिको भनाईलाई उदृत गर्दै अल जजिराले लेखेको छ। 

सैनिक र सुरक्षा प्रतिष्ठानहरुलाई नियन्त्रणमा लिएपछि सत्ता हत्याउने अभियानमा सामेलहरुले साउदी सिमाबाट कतारमा 'आतंकबादी' हरुका लागि कुनै संदेश पठाउने योजना रहेको अल जजिराले लेखेको छ, 'तर योजनाबद्ध ढंगबाट गरिएको यो योजना कतारले बिफल बनाउन सफल भयो।' 

'यदि त्यो योजना सफल हुन्थ्यो र साउदी सीमामा तैनाथ सेनाहरुको प्रवेश हुन्थ्यो भने त्यहाँ ठुलो संख्यामा नरसंहार हुने थियो, जो बाटोमा आउंथ्यो सबैलाई सिध्याईन्थ्यो' बिग्रेडर जनरलको सेवाबाट अवकाश लिएका अल सुलैतीको भनाईलाई उद्दृत गर्दै अल जजिराले लेखेको छ।  

कतारका तत्कालिन राजा हमादले स्थापना गरेको अल जजिरामा प्रकाशित यस वृत्तचित्रले पछिल्लो ८ महिनादेखि कतार बिरुद्द नाकाबन्दी गर्दै आएका साउदी, बहराइन र दुबईलाई झनै रुष्ट बनाएको छ। त्यसै कतारका नागरिकहरुले छिमेकीहरुले रमजान जस्तो पवित्र महिनामा हदै सम्मको अपवित्र कामको योजना बनाएको भन्दै चर्को आलोचना गरेका छन।

कतारका तत्कालिन राजाले आफ्नो चौथो पुत्र तमिम बिन अल हमादलाई सत्ता हस्तान्तरण गरेको आज ५ बर्ष भईसकेको छ। तर पनि २२ बर्ष अगाडीको उक्त घटना सार्वजनिक भएपछी त्यसको प्रभाब कस्तो पर्ने हो त्यो भने हेर्न बाँकी नै छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved