सिरियामा रुसी विमान दुर्घटना: सवार सबै ३२ जनाको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 06, 2018 | 06:04:12 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसको एक सैनिक विमान सिरियामा दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार २६ यात्री र चालक दलका सम्पूर्ण सदस्यको मृत्यु भएको रुसको रक्षा मन्त्रालयलाई उद्दृत गर्दै अल जजिराले समाचार लेखेको छ। 

सुरुवाती खबर अनुसार सिरियाको लताकिया भन्ने शहर नजिकै सैनिक विमान दुर्घटना भएको हो। रुसको सैनिक विमान खमेमिम एयरबेसमा उत्रने क्रममा दुर्घटना भएको जनाइएको छ। 

रुसले विमानलाई 'दुश्मन' ले निशाना नबनाएको र सुरुवाती जांचमा प्राविधिक गडबडीले दुर्घटना भएको बताएको समाचारमा उल्लेख छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved