बहुविवाह गर्नेलाई आवास र भत्ता दिने युएई सरकारको घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 06:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लगायतका अधिकांश देशहरुमा बहुविवाहलाई निरुत्साहित गर्न कडा भन्दा कडा कानुन बनाइएको छ। नेपालमा त झन बहुविवाहको कानुन निकै कडा बनाइएको छ। बिगतमा बहुविवाह दण्डनीय भएपनि मान्यता पाउने व्यवस्था थियो तर त्यसलाई मुलुकी ऐन फेरेर नै नेपाल सरकारले कानुनि मान्यता नदिने निर्णय गरेको छ। 

त्यस्तै नेपालमा बहुबिबाह गर्ने पुरुष र महिलालाई पांच बर्ष कैद र ५० हजारसम्मको जरीवानाको व्यवस्था गरेको छ। तर नेपालीहरुको रोजगारीको भरपर्दो गन्तब्य मानिएको संयुक्त अरब इमिरेट्स, (दुबई) मा भने बहुविवाहलाई प्रोत्साहन गर्न नयाँ व्यवस्था गरिएको छ। 

बढ्दो महंगी र आवाश खर्च बढेकाले दुबईका पुरुषहरुले बहुविवाह गर्न नसकेको भन्दै त्यहाँको सरकारले दुई महिला विहे गर्ने पुरुषहरुलाई विभिन्न सेवा सुविधा दिने घोषणा गरेको छ। 

दुबईमा अबदेखि दुईवटी श्रीमती बिहे गर्नेले अतिरिक्त घरभाडा भत्ता पाउने छन। यसले दुबईमा अविवाहित महिलाको संख्यामा कमि आउने र सामाजिक अवस्थामा सुधार आउने त्यहाँको सरकारले बिश्वास व्यक्त गरेको छ। 

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा कुनै पुरषले दुई श्रीमती बिहे गरेमा पहिलो श्रीमतीलाई झैँ नै दोस्रोलाई पनि आवास उपलब्ध गराउने घोषणा गरेका हुन। उनका अनुसार अबदेखि दुईवटी श्रीमती बिहे गर्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता दिइनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved