सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा, शक्तिशाली बन्दै पाकिस्तान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 07:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सैन्य शक्तिको हिसाबले नेपालको बिश्वको ९७ औं स्थानमा परेको छ। बिश्वभरका १३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको बर्गिकरणमा नेपाल एक स्थान माथि उक्लिएको हो। गत बर्ष नेपाल ९८ औं स्थानमा थियो। 

विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले  गरेको बर्गिकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ। 

नेपालका दुई छिमेकी मुलुक चीन र भारत क्रमश तेस्रो र चौथो स्थानमा छन भने अर्को छिमेकी राष्ट्र पाकिस्तानले सैन्य क्षमतामा ब्यापक सुधार गरेको छ। पाकिस्तान १३ औं सैन्य क्षमता भएको मुलुक बनेको छ। त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ ।

त्यस्तै यस सुचिमा ८१ लाख जनसंख्या भएको इजरायल सैन्य शक्तिमा नौं स्थानमा छ। इजरायलसंग ६५० लड़ाकी विमान र दुई हजार पांच सय भन्दा बढी ट्यांकर रहेको उक्त संस्थाले जनाएको छ।  

बर्गिकरणमा अमेरिका पहिलो स्थानमा छ भने रुस दोस्रो स्थानमा छ। सैन्य क्षमताको दौडमा आगामी बर्ष चीनले सबैलाई पछी पार्दै कम्तिमा पनि दोस्रो स्थानमा पर्ने विश्लेषण गरिएको छ। 

जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन । सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको उक्त संस्थाले जनाएको छ । त्यस्तै उपलब्ध जनशक्ति विशेष  मापदण्ड मानिएको छ ।  

भौगोलिक कारण, सैन्य लचकता, प्राकृतिक स्रोत र स्थानीय उद्योगले अन्तिम वर्गीकरणमा प्रभाव पार्ने संस्थाले जनाएको छ । भूपरिवेष्ठित मुलुकलाई जल सैनिक नभएर वर्गीकरणमा असर नगर्ने र नाटोसँगको गठबन्धनले वर्गीकरणमा थप फाइदा पुग्ने संस्थाले जनाएको छ ।  

जीएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धको बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ । 

वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु वहान रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने वहान (टोड आर्टिलरी) रहेको जनाएको छ । नेपाल भूपरिवेस्ठित मुलुक भएकाले जल सैनिक भने शुन्य देखाइएको छ । 

उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

कसको बजेट कति ?

उक्त संस्थाले अमेरिकाको रक्षा बजेट ५८७ अरब भएको जनाएको छ। त्यस्तै चीनको रक्षा बजेटमा ब्यापक वृद्धि भई १६१ अरब डलर पुगेको छ। भारतको रक्षा बजेट मात्र ५१ अरब डलर छ। 








 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved