बंगलादेशी बिमान दुर्घटनामा मृत्यु भएकी 'क्याबिन क्रु’ नबिलाकी छोरी प्रहरी हिरासतमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 13, 2018 | 06:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विमान दुर्घटना भएपछि यात्रुसंग जोडिएका बिभिन्न खबरहरु सार्वजनीक हुने क्रममा छन। सोहि क्रममा विमान दुर्घटनामा मृत्यु भएकी चालक दल सदस्य (क्याबिन क्रयु) नबिला फरहिनको छोरीको बारेमा अनौठो घटना बाहिर आएको छ। 

क्याबिन क्रयु नबिला फरहिनको दुई बर्ष ६ महिनाकी छोरी समेत विमान दुर्घटनामा परि हराएको भनेर रिपोर्ट गरिएकोमा अहिले उनि उत्तरा पश्चिम प्रहरी चौकीको हिरासतमा रहेको अनौठो रहस्य बाहिर आएको छ।

फरहिनकी छोरी इनया इमाम हिया आफ्नो हिरासतमा रहेको भनेर बंगलादेशको उत्तरा पश्चिम प्रहरी चौकीले परिवारका सदस्यलाई खबर गरेपछी यो रहस्य बाहिर आएको हो। प्रहरी सब इन्स्पेक्टर अरिफुज जमानको भनाई उद्धत गर्दै द स्टार डेलीले लेखेको छ, 'बालिका हाम्रो 'हिरासत' मा छिन, चांडै नै परिवारका सदस्यलाई हस्तान्तरण गर्नेछौं।'  

आखिर कसरि पत्ता लाग्यो यो रहस्य 

नेपालमा बंगलादेसी बिमान दुर्घटना भएको समाचार प्राप्त भए लगत्तै इनयाकी हजुरआमा फातिमा हुसेन हतारिएर छोरी नबिलाको घर पुगेकी थिइन। तर त्यहाँ छोरीको घरमा बाहिरबाट नै ताला लागेको देखेपछी उनि प्रहरीकोमा पुगिन। 

दुर्घटनामा परि छोरीको मृत्यु भएको र नातिनी समेत हराइरहेको खबर सुनेकी उनले प्रहरीकोमा उजुरी समेत गरेकी थिइन। र पछिमात्र नातिनी प्रहरीको हिरासतमा नै रहेको खबर प्राप्त गरिन। 

प्रहरीले परिवारका सदस्यलाई ति साढे दुई बर्षीय नानि आफ्नो साथमा रहेको खबर दिएको छ तर कसरि ति नानि प्रहरीको हिरासतमा पुगिन भन्ने बारे प्रहरीले केहि नबताएको स्टार डेलीले लेखेको छ। हियाका अंकल नबिलाको मृत शरीर लिन नेपाल आएका छन।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ। सो दुर्घटनामा परि मृत्यु हुनेमा २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिक रहेको गृह मन्त्रालयले पुष्टि गरेको छ। 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दुर्घटनाग्रस्त बंगलादेसी बिमानका चालक दलका सबै चार सदस्यको मृत्यु भएको पुष्टि गरेका छन। दुर्घटनामा परि क्याबिन क्र्यु नबिला फरहिन सहित पाइलट अबिद सुल्तान, को पाइलट पृथुला रसिद र चिनिया नागरिक झ्याङ मिङको मृत्यु भएको छ। 


     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved