रहेनन ब्रह्माण्ड बिज्ञानका ज्ञाता स्टेफन हकिंङ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 08:09:32 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रमाण्ड बिज्ञानका ज्ञाताको रुपले विश्वभर चिनिएका बैज्ञानिक स्टेफन हकिंङको ७६ बर्षको उमेरमा मृत्यु भएको छ। उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ।

मोटर न्युरोन रोग देखिएयता हकिङले आफ्नो अपांगतालाई जित्न कठोर अठोट देखाउँदै आएका हकिंङ स्व–सिर्जित खतरा शृंखलाका कारण मानवजाति नै जोखिममा परेको बताउदै आएका थिए। ‘ब्ल्याक होल’ माथिको अनुसन्धानमाथि उनको महत्त्वपूर्ण योगदान रहेको छ।     

को हुन बैज्ञानिक स्टेफन हकिंङ 

बैज्ञानिक स्टेफन हकिंङको जन्म एक शिक्षित परिवारमा ८ जनवरी १९४२ मा बेलायतमा भएको थियो । दोश्रो बिश्वयुद्धको समयमा आर्थिक समस्याबाट पार पाउन उनको परिवार अक्सफोर्ड बसाई सर्न बाध्य भयो ।

स्कुल जीवनमा खेलकुद र बिज्ञानमा रुची राख्ने हकिङ औसत किसिमका बिद्धार्थी थिए । ब्रमाण्ड बिज्ञानका ज्ञाता हकिङ अक्सफोर्डमा पढाइको अन्तीम बर्ष भयंकर बिरामी हुन पुगे । शारिरिक रुपले असक्त हकिङले जिबनमा कहिल्यै हार मानेन ।

बोल्न, हिड्न समेत नसक्ने हकिङलाई २१ बर्षको उमेरमा डाक्टरहरुले केवल दुइ बर्षमात्र बाँच्न सक्ने बताए । करीब करीब जिउँदो लासको जिन्दगी बिताउँदै गरेका हकिंङ आफ्नो शारीरिक अपाङ्गतालाई बेवास्ता गर्दै दिमागी सकृयता साथ जिबित रहदै थिए ।

आफ्नो बिरामी जीबनबाट बिरक्तीएका हकिङ एकसमय यस्तो सोच्थे कि अब जीबन कुनै काम गर्न लायक रहेन । दृढ बिश्वासी हकिङ आफ्नो रोगलाई बरदान मान्दै कम्प्युटर मेसिनबाट आफ्नो जीबनलाई जिबन्त बनाउँदै अघी बढे तर रुकेनन् । उनी भन्थे , वास्तबमा म चल्न सक्दिन साथै कम्प्युटर बिना कुरा गर्नपनि सक्दिन तर म आफ्नो दिमागबाट स्वतन्त्र छु।' 

आफ्नो अशक्त र अपांग शरिर लिएर यात्रा गरी रहने हकिङ सार्बजनिक कार्यक्रममा निरन्तर भाग लिन रुचाउँथे । अन्तरिक्ष बिज्ञानको क्षेत्रमा अमुल्य योगदान दिएका हकिङ अन्तरिक्षमा जान चाहान्थे । अन्तरिक्ष यात्राको दौरान मृत्यु भए झन खुशी हुनेछु भन्ने हकिङ जिबनको बारेमा यस्तो बिचार राख्छन “मृत्यु निश्चित छ तर जन्म र मृत्युको बिच कसरी बाँच्ने हो त्यो हामीमा निर्भर छ ।” 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved