सैनिक विद्रोहमा सहभागी भएको आरोपमा करिब नौ हजार कर्मचारी निष्काशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

Affiliate military rebellion

टर्कीमा शुक्रबार भएको असफल ‘कू’ प्रयासमा संलग्न भएको आरोपमा मुलुकभरबाट करिब नौ हजार कर्मचारीलाई जागिरबाट हटाइएको टर्कीको राज्य सञ्चालित अनादोलु न्युज एजेन्सीले बताएको छ ।

अनादोलुका अनुसार गृह प्रशासनसँग सम्बन्धित आठ हजार ७७७ कर्मचारीलाई जागिरबाट निष्काशन गरिएको छ ।  जसमध्ये ३० जना गभर्नर, ५२ जना गुप्तचर इन्सपेक्टर र १६ जना कानुनी सल्लाहकार रहेको गृह मन्त्रालयलाई उद्घृत गर्दै अनादोलुले बताएको छ । यद्यपि अन्य समाचार संस्थाले सैनिक, प्रहरी तथा नौसेना तर्फ पनि ठूलो सङ्ख्यालाई हटाइएको बताएका छन् ।

सरकारले वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोगानका मुख्य विपक्षी मानिएका अमेरिकामा स्वघोषित निर्वासनमा रहेका इस्लाम धर्म नेता फेतुल्लाह गुलेनको समूहले गरेको असफल कू प्रयासमा २३२ जनाले ज्यान गुमाएका र एक हजार ४०० जना घाइते भएको बताएको छ ।

तर गुलेन र उनको समूहले टर्कीमा शुक्रबार भएको सैनिक विद्रोहमा आफुहरुको कुनै हात नभएको बताएका छन् । गुलेनका समर्थकले आफ्नो समूह शान्तिकामी सेवामा विश्वास गर्ने धार्मिक समूह भएकाले सरकारको दाबीलाई खण्डन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved