रुसको शपिङ सेन्टर आगलागी, ५० भन्दा धेरैको मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 02:35:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसको साइबेरियास्थित केमेरोभो नगरको एक शपिङ सेन्टरमा आगलागी हुँदा ५० जनाभन्दा बढीको ज्यान गएको छ । रुसी अधिकारीहरूका अनुसार साइबेरियाको केमेरोभोको शपिङ सेन्टरमा आगलागीपछि ५० जनाको ज्यान गएको छ भने १६ जना अझै हराइरहेका छ्न् । 

ठूलो बजार र धेरै किनमेल केन्द्रहरु रहेको उक्त कम्प्लेक्समा रहेको सिनेमा हलबाट आगो शुरु भएको बताईएको छ । आगलागीमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको अधिकारीहरुले बताएका छन् । भिडिओ फुटेजहरूमा आगो छिटो फैलिरहेको र कतिपय मानिसले आफ्नो ज्यान जोगाउन झ्यालबाट हामफालिरहेको देखिएको छ । आगलागीको कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान थालेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved