भ्रामक समाचार लेख्नेलाई दश बर्ष जेल हाल्ने कानुन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 10:34:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताएका हुन् । 

प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ । 
भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्याधिक हुने भएकाले निर्वाचन अगाडी नै त्यसलाई लागु गर्न सरकारले तयारी गरेको हो । 

विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्था गर्न लागिएकोमा विरोध जनाएका छन् । विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाए । 

प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved