टर्कीमा ‘कू’ को प्रयास: ९० जना मारिए, परिस्थिति नियन्त्रणभित्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:54:48 AM मा प्रकाशित

laxmi  sunrise bank

turkey6

टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि सरकारले परिस्थिति नियन्त्रणमा लिएको बताइएको छ । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ ।

शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाइएको छ । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् ।  घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन ।

विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए । गोलाबारी र विस्फोटका घटनामा संलग्न विद्रोही सेनाका ७०० भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ ।  पक्राउ पर्नेमा जर्नेलसहित २९ जना उच्च पदस्थ सैनिक अधिकारी रहेका छन् । सेना र विद्रोहीको गोली लागेर कम्तीमा ९० जना नागरिकको मृत्यु भएको छ ।

सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले उक्त प्रयासका विरुद्धमा यी दुवै सहरमा सरकारको समर्थनमा जुलुश निकालेका छन् ।

aatma saparman

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved